Monday, November 29th, 2021
खेलकुद

खेलकुद

– युएईमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै घरेलु टोली युएईले हङकङलाई पराजित गरेको छ । यो नतिजापछि नेपाल समूह विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै छ ।

– स्पानिस क्लब बार्सिलोना युवा खेलाडी पेड्रीले ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे ।

– राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । शेर्पा ५१ वर्षका थिए । मोटर न्युरोन डिजिजबाट ग्रसित शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको हो ।

– लव कामतको सानदार अलराउन्ड प्रदर्शनमा प्रदेश १ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशमाथि २६ रनको जित पाएको छ । लवले ५ विकेट लिएपछि १ सय ७६ रनको लक्ष्य पाएको वाग्मती ३१.४ ओभरमै १ सय ४९ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच लवले ६ ओभरमा २६ रन खर्चेका थिए ।

– सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्न बुधबार अस्ट्रेलिया जाँदै छन् । गत वर्ष बिग बास खेलेयता उनले ग्लोबल क्रिकेट खेलेका थिएनन् । बिग बासबाटै उनी ग्लोबल क्रिकेटमा फर्किंदै छन् ।

– म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो ।

– मोहम्मद हुसेन बलिङमा चम्किएपछि लुम्बिनी प्रदेशले वाइ वाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको खेल लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

– जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जित हात पार्दा स्पानिस क्लब बार्सिलोना वेनफिकासँग बराबरीमा रोकिएको छ । समूह ई अन्तर्गत गएराती भएको खेलमा बायर्नले डिनामो किभलाई २-१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको बायर्नका लागि रोवर्ट लेवान्डोस्की र किंऊसले कोमानले गोल गरे । किभका डेनिस हार्मासले एक गोल फर्काए ।

– म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान समेत बनाएका छन् । त्यस्तै ९० औँ मिनेटमा जाडोन सान्चोले एक गोल थपे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*