Monday, November 29th, 2021
विदेशमा आज

विदेशमा आज

– विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड(१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । उक्त समयसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओको भनाइ छ ।

– चीनमा सेलिब्रिटी र उनीहरूका फ्यानलाई अनलाइनमा थप कडाइ गरिने गरी नयाँ नियम ल्याइएको छ । अनलाइनमा धेरै मानिस सक्रिय हुँदा ‘भद्रगोल’ सिर्जना भएको र ‘तामझामपूर्ण आनन्द’लाई बढावा दिएको भन्दै सेलिब्रिटी र उनीहरूका फ्यानमाथि कडाइ गरिएको गरी नयाँ नियम ल्याइएको जनाइएको छ ।

– अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ । डिसेम्बरको ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ ।

– पाकिस्तानले अफगानिस्तानलाई २८ मिलियन डलरभन्दा बढीको मानवीय सहायता दिने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा पछिल्लो पटक देखिएको आर्थिक संकट टार्न सो सहयोग गर्ने घोषणा गरेका हुन् ।

– अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ । यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको जनाइएको छ । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो ।

– भारतीय सेनाका कर्नेल सन्तोष बाबुलाई मरणोपरान्त महावीर चक्र प्रदान गरिँदै छ। बाबुलाई मरणोपरान्त महावीर चक्रबाट विभूषित गर्न लागिएको हो । त्यस्तै चिनियाँ सेनासँगको लडाइँमा मारिएका नायब सुवेदार नुदुराम सोरेन, हवल्दार के। पलानी, प्यूठ दीपक सिंह र सिपाही गुर्तेज सिंहलाई मरणोपरान्त तेस्रो ठूलो युद्धकालीन पदक ‘वीरचक्र’बाट विभूषित गरिँदै छ । गत वर्ष जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । भारतीय सेनाले लद्दाखमा चलाएको ‘स्नो लियोपर्ड’ नामक सैन्य अभियानमा सहभागी हुने क्रममा भएको उक्त भिडन्तमा कर्नेल बाबुसहित २० भारतीय सैनिकको ज्यान गएको थियो ।

– अमेरिकाको विस्कनसिन राज्यका अधिकारीले ३९ वर्षीय एक व्यक्तिले क्रिसमस परेडमा सहभागी मानिसमाथि जानीजानी कार गुडाएको बताएका छन् । आइतबार विस्कनसिनको वाउकेशामा आयोजित एक क्रिसमस परेडमा ३९ वर्षीय डरेल इ। ब्रूक्सले जानीजानी कार गुडाएको अधिकारीले बताएका हुन् । उनी एक्लैले उक्त घटना घटाएको वाउकेशाका प्रहरी प्रमुखले बताए । ब्रूक्सविरुद्ध नियतबश गरिएको नरहत्यासम्बन्धी पाँचवटा आरोप लगाइएको र अनुसन्धानपछि थप आरोप लगाइने छ ।

– इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो । एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

– चीनले स्टार टेनिस खेलाडी पेङ सुआईको विषय दुर्भावनापूर्ण तरिकाले चर्काइएको’ र राजनीतीकरण गरिएको बताएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयले सुआईको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतिकरण गरिएको’ जनाएको हो ।

– पाकिस्तानले आफ्नो भूमि हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्याउन भारतलाई अनुमति दिने भएको छ । भारतले एक महिनाअघि नै पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्याउन अनुमति मागे पनि पाकिस्तानले बल्ल अनुमति दिने भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*