Monday, November 29th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै आगामी डिसेम्बर २४ देखि ओटीटीमा स्ट्रिमिङ हुने जानकारी दिएको छ ।

– बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा उनी निडर र एक्सन लेडीको भूमिका निभाएकी छन् भने चलचित्रमा आफैं स्टन्ट समेत गर्दैछिन् । त्यसका लागि दिशा स्टन्टको कडा तालिम गरिरहेकी छन् । मोहित सुरीको निर्देशनमा टी–सिरिज र बालाजी टेलिफिल्म्सले निर्माण गरिरहेको यो चलचित्रमा दिशाका साथै जोन अब्राहम, अर्जुन कपूर र तारा सुतारियाको मुख्य भूमिका रहनेछ । एक्सन थ्रिलर जनराको यो चलचित्र ‘एक भिलेन’को सिक्वेल हो । ‘एक भिलेन रिटर्न्स’ आगामी जुलाई ८ मा रिलिज हुने बताइएको छ ।

– चर्चित गायक जस्टिन बिबरले आफ्नी पत्नीको जन्मदिनका अवसरमा पोष्ट गरेको एक सन्देशको अहिले चर्चा भइरहेको छ । सोमबार परेको पत्नी हेली बीबरको २५ औं जन्मदिनको अवसरमा जस्टिनले आफ्नो इन्स्टाग्राममा एक पोष्ट गर्दै शुभकामना सन्देश दिएका छन् । जन्मदिनको अवसरमा जस्टिनले इन्स्टाग्राममा आफू र पत्नीका केही तस्वीर पोष्ट गरेका छन् । तस्वीरमुनि काव्यिक र रोमान्टिक शैलीको क्याप्सन समेत राखेका छन् । जस्टिनले लेखेका छन्, ‘मेरो दिल तिम्रै हो । मेरा आँखा तिम्रै हुन् । मेरो ओठ तिम्रै हो । म पनि तिम्रै हो । तिम्रो हुन पाउँदा निकै भाग्यमानी ठानेको छु । तिमी सधैं मेरै हौ ।’ त्यस्तै, हेलीसँग विवाह भएपछि आफ्नो जीवन थप अर्थपूर्ण बनेको पनि जस्टिनले बताएका छन् ।

– इमेज एचडी टेलिभिजनबाट नयाँ रियालिटी शो प्रसारण हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रसारण हुने भएको हो । सोमबार इमेज टीभी र भ्वाइस स्टार नेपाल प्रालिबीच सम्झौता भएको छ । यो रियालिटी शोले सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका दूरदराजका प्रतिभालाई स्थान दिने निर्देशक रवि श्रेष्ठले जानकारी दिए । रविका अनुसार शोको पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरुको छनोट गरिनेछ । २५ भागसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

– बलिउड अभिनेता शाहिद कपुरको नयाँ चलचित्र ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि यो चलचित्रको पोस्टर सार्वजनिक भइसकेको छ । ‘जर्सी’मा शाहिद एक क्रिकेटरको भूमिकामा देखिएका छन् । यस्तै मृणाल ठाकुर उनकी श्रीमतीको भूमिकामा छिन् भने पंकज कपूरको पनि यो चलचित्रमा मुख्य भूमिका छ । यो चलचित्र ३१ डिसेम्बरमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

– बलिउड अभिनेत्री कटरिना कैफ चाँडै नै विवाह बन्धनमा बाँधिदैछिन् । आगामी डिसेम्बर महिनामा उनले आफ्ना प्रेमी विक्की कौशलसँग विवाह गर्दैछिन् । विवाहको मिति नजिकिँदै जाँदा कटरिना र विक्की तयारीमा लागेका छन् । यसैबीच आफ्नो विवाहको तयारीका लागि कटरिनाले कामबाट विश्राम लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसबीचमा उनले आफ्ना केही विज्ञापन र इभेन्ट शूट गर्ने जनाइएको छ । यता, विक्की भने अझै पनि शूटिङमै व्यस्त छन् । उनका भाइ सनी कौशल र आमाले विवाहको आवश्यक तयारी गरिरहेका छन् । आगामी डिसेम्बरको पहिलो हप्ता विवाह गर्ने तयारी अघि बढेपनि बलिउडका स्टार कपल कटरिना र विक्कीले विवाहको आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।

– बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् । अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले पनि पति निकसँग डिभोर्स गर्न लागेको चर्चा शुरु भएको थियो ।

– चर्चित हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने भएकी छन्। निजी जीवनका कारण संधै चर्चामा रहने लोपेज पछिल्लो समय ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग डेट गरिरहेकी छन्। उनीहरूलाई धेरै पटक सार्वजनिक स्थानमा सँगै देखिएको थियो। पछिल्लो समय ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त छिन्। यही क्रममा उनले आफ्नो प्रेम र विवाहका बारेमा पनि बताएकी हुन्। अहिलेसम्म तीन पटक विवाह गरिसकेकी उनी चौथो विवाहको तयारीमा पनि जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

– चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई सक्रिय रुपमा राजनीतिमा लाग्ने तयारीमा छन् । केही दिनदेखि इलाममा दौडधूप गरिरहेकी रेनशाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् । रेनशाले सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् ।

– बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ । चलचित्र नेपालका १२५ वटा हलमा लाग्ने वितरक कम्पनीले जानकारी दिएको छ । ‘ए एट फिल्मस्’ गोपीकृष्ण मुभिजको सिस्टर्स कम्पनी हो । महेश भी मन्जेरकरको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खानको लगानी छ । चलचित्रमा सलमान खान र आयुष शर्माको मुख्य भूमिका छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*