Monday, November 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको जनाए ।

– कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।

– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत–२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लो ८ दिनयता आफ्नो इजलासमा पेसी तोकेका छैनन् । आफूविरुद्ध न्यायाधीशहरूले इजलास बहिस्कार गरेको र नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेको अवस्थामा मध्यस्थता गर्ने न्यायाधीशहरूसँग गरेको बाचा विपरीत आफूलाई पेसी तोकेर इजलासमा बसेका प्रधानन्यायाधीशले पछिल्लो साता भने आफ्ना लागि पेसी तोकेका छैनन् ।

– नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं। १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै निर्वाचित भएको छ । महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं। १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो ।

– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका हुन् ।

– अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

– नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । गिरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शिवराज रिजाललाई ७२ मतले पछि पार्दै गिरी विजयी भएका हुन् ।

– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे ९टंकमणि०को सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

– नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे ।

– उच्च बार विराटनगरले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्।

– हरवाचरवा ‘बाध्यकारी बधुवा श्रमिक’ले पाँच बुँदे मागसहित प्रदेश नं २ का २४ वटा पालिकामा ज्ञापन पत्र बुझाएका छन् । वीरगञ्ज महानगरपालिकासहित २४ वटा पालिकामा गठन भएका हरवाचरवा अधिकार मञ्चले ज्ञापनपत्र बुझाएका हुन् ।

– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग राखेर आन्दोलनरत नेपाल बार एसोसिएसनलाई अन्य पेसागत समूह र बृहत् नागरिक आन्दोलनले पनि साथ दिएका छन् । नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, नर्सिङ एसोसिएसन, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले बिहीबार ‘न्याय मार्च’ आह्वान गर्दै जबरालाई संसद्मा महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गराउन माग गरेका छन् ।

– विश्वविद्यालय अनुदान आयोगले दूरीका हिसाबले नजिक, एकै प्रकृतिका कार्यक्रम सञ्चालन गरेका र विद्यार्थी संख्या न्यून भएका क्याम्पसलाई गाभ्नुपर्ने निष्कर्ष निकालेको छ । आयोगले मंगलबार आफ्नो २८औं वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सरकारी क्याम्पसका सम्बन्धमा यस्तो धारणा सार्वजनिक गरेको हो ।

– गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउापालिका–५, मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि कांग्रेसका कार्यकर्तासागको भेटका क्रममा सम्बोधन गर्दै मन्त्री खाणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपालको भूमि मिचिनबाट जोगाएको बताए ।

– नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरको सभापतिमा विनोद बान्तवा सर्वसम्मत चयन हुनुभएको छ । हिजो सोमवार भएको चुनावमा सभापतिका उम्मेदवार नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सहमतिमा वान्तवा सभापतिमा चयन हुनुभएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ ।

– प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन्। १० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*