Monday, November 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– प्रहरीले १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् ।

– पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

– पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यो सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ ।

– भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ । मंगलबार बिहान १०:५० बजे चाँगुनारायण नगरपालिका(९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षकले बताए । वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो ।

– सिन्धुलीमा कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ८ कल्याणि मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

– गुडिरहेको गाडीबाट लडेर धनुषामा बुधबार एकजनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो । धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी पूजा कुमारी महतो बुधबार बिहान मृत्यु भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*