Monday, November 29th, 2021
स्वास्थ्यवद्र्धक गोलभेडा

स्वास्थ्यवद्र्धक गोलभेडा

संसार भरि गोलभेडालाई सलाद, तरकारी, केचअपको रुपमा सेवन गरिन्छ । तर यसलाई २०० वर्ष अघि पश्चिमी देशहरुमा विषालु फल ठानी मानिसहरु सेवन गर्न डराउथे तर जब मानिसहरुले यो विषालु छैन भन्ने थाहा पाए । त्यसपछि उनीहरु गोलभेडाको आदि भए । स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि गोलभेडा फाइदा जनक छ। त्यसो त गोलभेडा हरेक दृष्टिकोणले फाइदाजनक छ । तर केही मुख्य गुणहरु यसप्रकार छन् ।

गोलभेडा पोषक तत्वको दृष्टिले महत्वपूर्ण छ । यसमा भिटामीन ‘ए’ र ‘सी ’ बढी मात्रामा पाइन्छ । यस बाहेक यसमा अल्फा लिपोइक एसिड पनि निकै मात्रामापाइन्छ । जसले हाम्रो शरीरमा ब्लड शुगर नियंत्रित गर्न मद्दत गर्छ र आफ्नो गुणका कारण मधुमेहको लक्षणबाट बचाउँछ । सलाद होस् वा सूप गोलभेडाको सेवनबाट प्रशस्त फाईबर प्राप्त हुन्छ । यसले पाचन क्रियामा मद्दत गर्छ । प्रायः खाना खानु अघि गोलभेडाको सूप वा सलाद सेवन गर्नु फाइदाजनक हुन्छ । गोलभेडामा पाइने पोषक तत्व जस्तै अल्फा लिवोइक एसिड,लिकोपीन, कोलीन,कोलिक एसिड, बीटाकेरोटीन र ल्यूटेनले प्रोस्टेट क्यान्सरबाट रक्षा गर्छ । हालै गरिएको एक अनुसन्धानमा पत्ता लागे अअनुसार हप्तामा १० वटा गोलभेडा सेवन गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा अन्यको तुलनामा १८ प्रतिशत कम हुन्छ । यति मात्र होइन गोलभेडामा पाइने बीटा केरोटीनले कोलोरेक्टल क्यान्सरबाट हाम्रो रक्षा गर्छ । गोलभेडा बढि सेवन गर्दा फोक्सो र आमाशयको क्यान्सरलाई रोकथाम गर्छ ।

गोलभेडामा फाईबर पोटाशियम, भिटामिन ‘सी’ र कोलीन प्रशस्त मात्रामा पाइन्छ । त्यसैले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । बढी मात्रामा पोटाशियम प्राप्त गर्नका लागि यसलाई सलादका रुपमा सेवन गर्नु पर्छ । हालै गरिएको एक अनुसन्धान अनुसार प्रतिदिन लगभग ४०३९ एमजी पोटाशियम सेवन गर्दा हृदय रोगको खतरा लगभग ४९ प्रतिशत सम्म कम हुन्छ । यसबाहेक गोलभेडामा पाइने पोटाशियमले मृगौलामा बनिने पथरीको पनि रोकथाम गर्छ । गोलभेडामा लीकोपीन भन्ने तत्व प्रशस्त मात्रामा पाइन्छ । जुन मुटुका लागि फाइदाजनक हुन्छ ।

गोलभेडा गर्भवती महिलाका लागि निकै फाइदाजनक हुन्छ । एक स्वस्थ शिशुका लागि गर्भवती महिलाले प्रशस्त मात्रामा पोषक तत्व र भिटामीन युक्त खानेकुरा खानुपर्छ । जसका लागि गोलभेडा एउटा राम्रो विकल्प हो । भिटामीन सीले आमा र बच्चा दुवैलाई स्वस्थ राख्ने काम गर्छ । जुन गोलभेडामा प्रशस्त मात्रामा पाइन्छ । प्रायः केही ब्युटी प्रोडक्टमा गोलभेडाको लिकोपीन प्रयोग गरिएको हुन्छ । गोलभेडाको यस गुणले सूर्यको हानिकारक यूभी किरणकोप्रभावबाट बचाउँछ । जसबाट हाम्रो छाला सजिलै घाममा डढदैन । यसबाहेक गोलभेडामा एन्टी अक्सिडेन्ट पनि पाइन्छ । जसले असमयमै बूढो हुनबाट बचाउँछ । गोलभेडा मिचेर त्यसको पेस्ट अनुहारमा लगाउनुहोस् । यसले अनुहारको अतिरिक्त तेल कम गर्छ र छालालाई पोषण दिन्छ । यसबाट अनुहारको रौनकमा वृद्धि हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*