Monday, November 29th, 2021
खेलकुद

खेलकुद

– म्यानचेस्टर सिटीले बुधबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हराएको छ । तर, दुवै टिम युरोपेली च्याम्पियन्स लिगको नआउट चरण प्रवेश गर्न सफल भएका छन् ।

– ब्याटिङमा सुवास ऐर र बलिङमा प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

– ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघमा हुने भएको छ । नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा स्पिन इभेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता माघ १२ देखि हुनेछ । प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए ।

– म्यानचेस्टर युनाइटेडले मंगलबार भिल्लारियललाई २–० ले हराएर युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा आफ्नो स्थिति सुरक्षित गरेको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीले युभेन्ट्समाथि एकपक्षीय जित निकाल्दै नकआउट चरण यात्रा निश्चित गरेको छ ।

– आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले कुवेतसँग खेल्दै छ । प्रतियोगिताबाट एक टोलीमात्र ग्लोबल क्वालिफायरका लागि छनोट हुने भएकाले नेपाल हरेक खेलमा चनाखो हुनुपर्नेछ ।

– प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले नवगठित प्रदेश सरकारले हटाउने निर्णय गरे कानुनी लडाइँ लड्ने बताएका छन् । तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरी असोज ४ गते बोर्ड गठन गरेको थियो ।

– नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

– सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् । उनलाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवानाको सजाय सुनाइएको बीबीसीले जनाएको छ । म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

– बागमती प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो खेलमा प्रदेश १ संग पराजित भएको बागमतीले बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको हो ।

– रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सेरिफलाई ३–० गोलले हराउँदै रियल मड्रिडले अन्तिम १६ मा स्थान पक्का गरेको हो । गएराति भएको खेलमा रियलका डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जीमाले एकरएक गोल गरे । यो समूहको अर्को खेलमा इन्टर मिलानले साख्तर डोनेस्कलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । इन्टरका लागि दुवै गोल इडेन जेकोले गरेका थिए । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अङ्क छ ।

– आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*