Monday, November 29th, 2021
विदेशमा आज

विदेशमा आज

– केही समयता युरोपमा कोरोना संक्रमण पुनस् बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आउने मार्चसम्म युरोपमा थप ७ लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । युरोपेली क्षेत्रमा रहेका ५३ देशमा हालसम्म कोरोना संक्रमणबाट १५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। संगठनले सन् २०२२ को मार्चसम्म तीमध्य ४९ देशका सघन उपचार कक्षमा बिरामीको उच्च चाप हुने जनाएको छ ।

– अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल तेल निकाल्ने आदेश दिएपछि डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पले ३ वर्षअघि आफूले भरेका भण्डारबाट तेल निकाल्ने आदेश भन्दै बाइडेनको आलोचना गरेका हुन् ।

– अमेरिका र तालिबानले पुनस् वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुनस् वार्ता हुन लागेको हो । अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार दुबै पक्षबीच बैठक बस्न लागेको र बैठकमा आ(आफ्ना ‘राष्ट्रिय चासो’बारे छलफल हुने जानकारी गराएका हुन् ।

– संयुक्त राज्य अमेरिकामा गत दुई साता उताको तुलनामा बालबालिकामा कोरोनाभाइरसको संक्रमण ३२ प्रतिशतले बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार नोभेम्बर ११ देखि १८ सम्ममा मात्रै १ लाख ४० हजार बालबालिकामा कोरोना संक्रमण भएको पाइएको छ ।

– अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २ सय ५७ सञ्चारमाध्यम बन्द भएका छन्। नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई)ले बुधबार तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २ सय ५७ मिडिया आउटलेट बन्द भएको तथ्य सार्वजनिक गरेको हो।

– अमेरिकाका प्रमुख शहरमा राति पसल फोरेर महंगा सामान चोर्ने चोरहरूको बिगबिगी बढ्न थालेको छ । सोमबार लस एन्जेल्सस्थित नर्डस्ट्रम डिपार्टमेन्ट स्टोरमा चोरी भएको थियो । चोरहरूले राति उक्त स्टोरमा पसेर हजारौं डलर बराबरका सामान चोरेको शहरका प्रहरी प्रमुखले बताएका छन् ।

– स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिनुभएको छ । यान्डरसन हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुभएको हो । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन ।

– चीनमा बाल्कोनीमा कपडा सुकाउन गएकी महिला १९ तल्लाबाट खसेको घटना सार्वजनिक भएको छ। कपडा सुकाउने क्रममा चिप्लिँदा ८२ वर्षीया ती महिला बाल्कोनीबाट खसेकी थिइन्। तर त्यही बेला यस्तो चमत्कार भइदियो जसले ती महिलाको ज्यान जोगियो। १९ तल्लाबाट खसेकी ती महिलाको खुट्टा १८औं तल्लामा रहेको कपडाको र्याकमा अल्झिएको थियो। ती महिला लामो समय १८औं तल्लामा उल्टो झुन्डिरहेका थिए। उनी लडेको थाहा पाएपछि तत्काल उद्धार टोली त्यहाँ पुगेको थियो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*