Monday, November 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त र्याली गर्ने भएका छन् । बिहीबार दिउँसो २ बजे उनीहरूको र्याली सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने छ ।

– नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता प्रेमप्रकाश वली सर्वसम्मत निर्वाचित भएका छन् । रुकुम दुई जिल्लामा विभाजित भएपछि सभापतिको जिम्मेवारी पाएका वली अधिवेशनबाट पुनः सभापतिमा चएन भएको निवर्तमान उपसभापतिले जानकारी दिए ।

– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनाल र भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत रहेका खनाल र शर्माबीच बुधबार नयाँबानेश्वरको एभरेष्ट होटेलमा भेटवार्ता भएको हो ।

– सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । बैठकले सम्भवत आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।

– नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

– राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुभकामना दिँदै महिला आत्मनिर्भर भए आत्मनिर्भर भए हिंसा कम हुनसक्ने बताएकी हुन्।

– चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइने भएको हो ।

– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा धेरै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । अहिलेसम्म तीन हजार ५ सय १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिवका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।

– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०.०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो ।

– सरकारले दूधको उपभोक्ता मूल्य बढाउन छलफल शुरु गरेको छ । दूग्ध उत्पादनका लागि आवश्याक सबै खाले वस्तुमा भएको मूल्य वृद्धिका कारण किसान मारमा परेको भन्दै दूधको मूल्य बढाउने तयारी गरिएको दूग्ध विकास बोर्डले जनाएको छ ।

– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबीचको सम्बन्ध घनिष्ठ रहेको बताएका छन् । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पाण्डा बुक कर्नर हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले चीनसँगको सम्बन्ध मानव शरीर र कलेजो जस्तै रहेको बताए ।

– मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् । नोभेम्बर २६ देखि ३० ९मंसिर १० देखि १४० सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।

– नेपाली कांग्रेस डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । दोश्रो चरण अन्तर्गत बुधवार भएको निर्वाचनमा प्रतिस्पर्धी भूमिराज बडुलाई एक सय ७१ मत अन्तरले पछि पार्दै सिंह विजयी भएका हुन् ।

– नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

– जिल्ला प्रहरी कार्यालय पर्सामा छुट्टै मिसिल व्यवस्थापन तथा सबुत भण्डारण कक्ष स्थापना गरिएको छ । सखुवाप्रसौनी गाउँपालिकाले १२ लाख रुपैयाँको लागतमा मुद्दा शाखा माथि भण्डारण कक्ष तयार गरिदिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*