Monday, November 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सप्तरीको जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको छ । उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् ।

– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् ।

– नुवाकोटमा टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर(धुन्चे सडकखण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। बालिकासहित उनकी ३० फुपु वर्षीया उर्जा घले र दाजु ८ वर्षीया करन घले घाइते भएका छन्।

– पक्राउ पर्नबाट जोगिन सुनसरीका एक युवाले आफ्नै मृत्यु दर्ता गराएको खुलेको छ । तत्कालिन चाँदवेला १ तथा हालको इनरुवा ७ बस्ने रसुल मियाँको छोरा अजित मियाँले आफ्नै मृत्यु दर्ता गराएको खुलेको हो । २०६८ भदौ १७ गते हालको रामधुनी ५ का जैयस कुमार साहको घरमा अजितसहित तीनजना डकैती गर्न गएका थिए । दुईजना पक्राउ परेपनि अजितले भने मृत्यु दर्ता प्रमाणपत्र बनाएर आफूलाई अजितको भाइ अजिज बताउँदै आएका थिए ।

– ‘गुन्डानाइके’ अभिषेक गिरीलाई रातारात मोरङ कारागार ल्याइएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई बिहीबार बिहान ४ बजेतिर मोरङ कारागार ल्याइएको हो। उनलाई ल्याउनकै लागि चौकीदारसहित ८ जना कैदीलाई बुधबार सिन्धुली कारागार सरुवा गरिएको थियो।

– सुनसरीको इटहरीबाट चोरी गरेको मोटरसाइकल बेच्दै गर्दा प्रहरीले एक जना चोरलाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकी रानी विराटनगरले चोरी गरेको मोटरसाइकलसहित ताप्लेजुङका २३ वर्षीय सुरेश खड्कालाई बुधबार पक्राउ गरेको हो ।

– महानगरीय प्रहरी परिसरले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर थिमि नगरपालिका-१३ बस्ने ४४ वर्षीय रामभक्त श्रेष्ठ रहेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*