Monday, November 29th, 2021
सफलताका ५ अवरोधहरु

सफलताका ५ अवरोधहरु

धेरै जसो मानिसहरु आफ्नो सम्पूर्ण जीवन एकनासले जीउने गर्छन् । उनीहरु एउटा रुटीन लाइफ बाँचीरहेका हुन्छन् । उनीहरु त्यसको यति आदि भईसकेको हुन्छन् कि त्यसलाई बदल्ने कोशिस नै गर्दैनन् । जसबाट अन्त्यमा उनीहरु आफ्नो जीवन मा जहाँको तही रहीरहन्छन् र जीवनमा कुनै विशिष्ट उपलब्धी प्राप्त गर्न सक्दैनन् । हाम्रो वरिपरि यस्ता थुप्रै व्यक्तिहरु छन् । यदि तपाईको जीवन पनि एउटा मोडमा आएर अडिएको छ र चाहेर पनि तपाई अघि बढ्न सकी रहनु भएको छैन भने त्यसका कारणहरुलाई ध्यान दिनुहोस् ।

उपलब्धिको ईच्छा नराख्नुः कुनै पनि वस्तुको निर्माण एउटा सोचबाट सुरु हुन्छ । यदि तपाई अघि बढ्ने बारेमा सोच्नुहुन्न भने यो संभव हुँदैन । हाम्रो गाउँमा म पढ्दा खेरी बजारमा एउटा काठको घरमा किराना पसल थियो, जुन निकै राम्रो सँग चल्थ्यो । त्यो पसल आज सम्म पनि त्यहि छ, जस्ताको तस्तै फरक यति मात्र छ कि त्यहाँको साहु बूढो भईसकेको छ । उसले चाहेको भए त्यहाँ पक्की घर बनाउन सक्थ्यो तर त्यति मै जीवन भर संतुष्ट रहयो । मानिस हुनुको सबैभन्दा ठूलो फाइदा हामीले सोच्न सक्नु हो र त्यस सोचले यो संसार परिवर्तन गर्न सकिन्छ । यदि तपाई हालको परिस्थितिबाट संतुष्ट हुनुहुन्न भने त्यसलाई परिवर्तन गर्ने बारेमा सोच्नुहोस् ।

सोच्नु तर केही नगर्नुः धेरै मानिसहरु थुप्रै कुराहरु सोच्ने गर्छन् , सपना देख्ने गर्छन् ।तर त्यो पाउनका लागि कुनै प्रयास गर्दैनन् । उदाहरणका लागि यदि एउटा विधार्थी कुनै विषयमा ९०% मार्क ल्याउन चाहन्छ र उसले पहिला ५०% मार्क ल्याएको थियो भने उसले पहिलाको भन्दा दोब्बर प्रयास गर्नुपर्छ । सोच्नु आवश्यक छ तर तपाईको सोचले यदि तपाईलाई उठेर काम गर्न विवश बनाउँदैन भने अरु नै कुनै उपाय निकाल्नु पर्छ । तपाई जे प्राप्त गर्न चाहनुृहुन्छ , त्यस सँग सम्बन्धित स्मार्ट लक्ष्य बनाउनुहोस् योजना बनाउनुहोस् र त्यसमा आप्mनो १०० % योगदान दिनुहोस ।

सबै कुरा आफै गर्न चाहनुः केही व्यक्तिहरु आफ्नो काम निकै राम्रो सँग गर्न सक्छन् । उनीहरुलाई थाहा हुन्छ कि उनीहरुले त्यो काम राम्रो सँग गर्छन् र अरुले उँ जतिको राम्रो काम गर्न सक्दैनन् । त्यसैले उनीहरु अरु माथि विश्वास गर्दैनन् । यस कुरामा सत्यता भए पनि अघि बढ्नका लागि आफ्नो केही काम अरुलाई गराउनु होस्। यसो गर्दा तपाई सँग अतिरिक्त समय हुनेछ । जुन समयमा तपाईले अझ राम्रा, नयाँ योजनाहरु बनाउन सक्नुहुनेछ । चाहे जस्तो सुकै काम होस् , सिमित कार्यभर लिनुहोस् । उदारहरणका लागि यदि तपाई विधार्थी हो भने यस्तो कुराहरुमा मात्र भाग लिनुहोस्, जसले व्यक्तित्व विकासमा मद्दत गरोस् । विद्यालयमा हुने सबै कार्यक्रम देखि लिएर खेलकूद सबैमा हात हाल्ने प्रयास नगर्नुहोस् । सँधै सिमित जिम्मेवारी लिई त्यसलाई राम्रो सँग निर्वाह गर्ने प्रयास गर्नु् असिमित जिम्मेवारी लिई त्यसलाई निर्वाह गर्न नसक्नु भन्दा उत्तम हुन्छ । राम्रो कामले आत्यविश्वासमा वृद्धि गर्छ । बचेको अतिरिक्त समयलाई गफ गर्न, घुमघाम गर्नको सट्टा लक्ष्य प्राप्तिमा लगाउनु पर्छ ।

फोकस हटाउनुः धेरै व्यक्तिहरु जीवनमा अझ सफलता पाउन एउटा सुरुवात् त गर्छन् तर केही पर पुगे पछि उनीहरुको ध्यान अन्तै मोडीन थाल्छ । एकपटक एउटा किसान थियो उसले खेतमा गहुँ छर्ने योजना ग¥यो र खेत जोतेर ठीक पा¥यो । त्यसैबेला उसको पढेलेखेको छोराले गहुँ नछरेर उखु खेती गर्न उक्सायो । उसले खेतमा उखु रोप्ने योजना बनाएर खेत तयार ग¥यो । त्यसपछि फेरि उसको छोराले तरकारी खेती गर्ने सल्लाह दियो र किसान फेरि तरकारी खेती गर्ने योजना बनाउन थाल्यो । यसो गर्दागर्दा सही समय गईसकेकोे थियो र किसानले केही पनि रोप्न पाएन । कुनै पनि कामको सुरुवात्को कुनै अर्थ रहदैन, जबसम्म त्यसलाई लक्ष्य सम्म पु¥याइदैन । त्यसैले कुनै पनि काम सुरु गर्दा राम्रो सँग सोचेर सुरु गर्नु पर्छ र एकपटक सुरु गरे पछि त्यसलाई पूरा गर्न तन मन धनले लाग्नुपर्छ ।

नकारात्मक मानसिक सोचः केही व्यक्तिहरुको सोच निकै सानो हुन्छ । उनीहरु केही नयाँ गर्ने बारेमा सोच्नै सक्दैनन् । उनीहरुको विगतको अनुभवले उनीहरुलाई मानसिक रुपमा संकुचित बनाएर राख्छ । उनीहरु म यति नै गर्न सक्छु , यहाँ भन्दा पर म असफल हुन्छु, भन्ने सोच राख्छन् । हामी यस्तो सोचबाट परै बस्नु पर्छ मानिस भएकोले हामी सँग असिमित शक्ति छ । हामी जे पनि गर्न सक्छौ हामी जस्तै मानिस आफ्नो सोचका कारण चन्द्रमामा मात्र होइन मंगल ग्रहमा जाने तयारी गर्दैछन् भने के हामी आफ्नो व्यक्तिगत जीवनमा सानो परिवर्तन गर्न सक्दैनौ । त्यसैले नकारात्मक सोचलाई छोडी मानसिक रुपमा तयार हुनुहोस् । जब सम्म हामी जीवनमा सम्झौता गरी रहन्छौ तब सम्म जीवनले हामीलाई संझौता गर्न विवश बनाउँछ । जीवन मात्र सहनका लागि होईन अझ राम्रो पाउनका लागि पनि हो । त्यसैले अझ बढी सफलता पाउने प्रयास गर्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*