Monday, November 29th, 2021
खेलकुद

खेलकुद

– युएईमा भईरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ । छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो।

– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

– वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा श्रीलङ्का एक सय ८७ रनले विजयी भएको छ । गालेमा श्रीलङ्काले दिएको तीन सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज दोस्रो इनिङ्समा एक सय ६० रन अलआउट भएको हो ।

– काठमाडौं-एसियन यु–१४ र्याङ्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्वीप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइजरगर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा ‘क्लिन स्वीप’ गरेको हो । बुधबार ब्वाइजरगर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।

– आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दैछ । खेल बिहान सवा ११ बजे यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ ।

– आदिल अन्सारीको आक्रामक ब्याटिङमा प्रदेश २ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको अविश्वसनीय जित पाएको छ । आदिलले ४३ बलमा अविजित ८७ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश २ ले २ सय ९१ रनको लक्ष्य अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । प्लेयर अफ द म्याच उनले ७ चौका र ३ छक्का प्रहार गरेपछि प्रदेश २ ले नाटकीय विजय हात पार्यो । आदिलसँगै प्रदीप पासवान ९ रनमा अविजित रहे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*