Monday, November 29th, 2021
विदेशमा आज

विदेशमा आज

– दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेको छ । हालसम्म थोरै मानिसलाई मात्रै संक्रमित गरेको कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ‘बि१.१.५२९’ नामाकरण गरिएको उक्त भेरियन्टमा पटक-पटक एउटै प्रकारको म्युटेशन हुने ‘मात्रा अस्वभाविक’ रहेको बताइएको छ । बिहीबार वैज्ञानिकहरूले म्युटेशनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने हुँदा चिन्ता व्यक्त गरेका छन् ।

– सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको जनाइएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् ।

– रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् । बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

– चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो । यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने समेत मन्त्रालयले बताएको छ । चीनले अमेरिकामाथि पछिल्लो समय विभिन्न विषय उक्साइरहेको आरोप पनि लगाएको छ ।

– पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताउनुभएको छ । उहाँले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको बताएको जनाइएको छ । उहाँले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता जनाउनुभएको खबरमा उल्लेख छ ।

– नेपाललाई संयुक्त राष्ट्र सङ्घको महासभाले आउँदो सन् २०२६ सम्ममा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यस प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो ।

– अमेरिकाले आठ वटा चिनियाँ कम्पनीलाई कालासुचीमा राखेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले आठवटा व्यापारिक कम्पनीलाई कालोसूचीमा राखेको हो। अमेरिकामा रहेका चिनियाँ कम्पनीहरुले अवैधरुपमा चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ विकास गरिरहेका थिए। ती कम्पनीहरुलाई अमेरिकालो राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कालोसूचीमा राखेको हो।

– बंगलादेशले करिब १ लाख रोहिङ्ग्या शरणार्थी समूहलाई बाढीग्रस्त क्षेत्रमा स्थानान्तरण गर्न सुरु गरेको छ। विभिन्न अधिकारकर्मी समुदाय र अन्तर्राष्ट्रिय निकायको आलोचनाका बाबजुद बंगलादेशले सो समूहलाई बाढीग्रस्त क्षेत्रमा स्थानान्तरण सुरु गरेको हो।

– पाकिस्तान सरकारले लाहोरका निजी कार्यालय र विद्यालय आगामी सोमबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ। सरकारले बढ्दो वायु प्रदुषणको तह कम गर्न तीन दिनका विद्यालय र कार्यालय बन्द गर्न निर्देशन दिएको हो। स्थानीयबासीले वायु प्रदूणषका कारण स्वासप्रश्वास, आँखा र नाकमा समस्या उत्पन्न भएको भन्दै उजुरी हालेका थिए।

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमा पनि चालकरहित मेट्रो सेवा सञ्चालन गरेको छ। राजधानी नयाँ दिल्लीमा बिहिबारदेखि सरकारले देशकै पहिलो र संसारको चौथो चालकरहित सेवा सञ्चालन गरेको हो। बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोत र त्यहाँको शहरी मामिला मन्त्री हरदिप सिंहपुरीले चालकरहित मेट्रो सेवा उद्घाटन गरेका हुन्।

– हैटीका प्रधानमन्त्री एरियल हेन्रीले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। हैटीमा राजनीतिक उथपलपुथलकाबिच प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल गठन गरेका हुन्। प्रधानमन्त्रीले परराष्ट्र, अर्थ, न्याय, शिक्षा र स्वास्थ्यसहित ९ वटा नयाँ मन्त्रिसहितको मन्त्रिमण्डल गठन गरेका हुन्। नयाँ मन्त्रिमण्डलको टोलीले देशमा जारी संकटको अन्त्य गर्ने लक्ष्य राखेको उनले बताएका छन्।

– लिवियाका पछिल्ला तानाशाह मौमार अल गद्धाफीका छोरा आगामी महिना हुने राष्ट्रपतिय चुनावी दौडको लागि अयोग्य ठहरिएका छन्। लिवियाको शीर्ष निर्वाचन निकायले गद्धाफीका छोरा सेइफ अल इस्लाम गद्धाफीलाई अयोग्य ठहराएको हो।

– एसिया र युरोपेली मुलुकका करिब ५० शीर्ष नेताबीच दुई दिने भर्चुअल बैठक सुरु भएको छ। कम्बोडियाको आयोजनामा सो बैठक बिहीबारदेखि सुरु भएको हो। मानवअधिकार र ताइवानको मुद्धामाथि चीन अस्पष्ट बनिरहँदा सो बैठक सुरु भएको बताइएको छ। दुई महादेशविचको भर्चुअल बैठकमा एसिया–युरोप साँझेदार, क्षत्रीय सहकार्य, जलवायु परिवर्तन र विश्वव्यापी जल्दोबल्दो मुद्धामाथि महत्वपूर्ण छलफल गरिने क्योडो न्युजले जनाएको छ। सो बैठकमा चीन, जापानलगायत विभिन्न मुलुकका नेताहरु उपस्थित भएको बताइएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*