आर्थिक समाचार

  • सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
  • साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो । बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ ।
  • बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com