भिटामिन डी

सुन्दा सामान्य लाग्छ, तर घामको किरण मानव शरीरका लागि नभई नहुने तत्व हो । त्यसैले घाम ताप्नु भनेको स्वास्थ्यलाभ लिनु हो । शरीरका अधिकांश भागमा घामको स्पर्श हुनु हो । यसो गर्दा के हुन्छ ? मेलाटोनिन पाइनल ग्रन्थिले बनेको हार्मोन हो, जुन मस्तिष्कको सानो ग्रन्थि हो । मेलाटोनिनले निद्रा नियन्त्रण गर्न र चक्रलाई जगाउन मद्दत गर्दछ ।

भिटामिन डीको स्रोत के हो ?
भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको प्रकाश अर्थात् घाम हो । बिहानको घाममा पर्याप्त वा भरपुर मात्रामा भिटामिन डी हुन्छ । यसबाहेक भिटामिन डीको स्रोतमा अण्डा, बन्डा, काउली, चीज, च्याउ, माछाको फोक्सो, फलफूलको सेवन, माछा, गाईको दूध आदिमा भिटामिन डी पाईन्छ ।

भिटामिनको डीको कमी
थकान र कमजोर महसुस हुने, हड्डीको दुखाइ महसुस हुने, निद्रा नलाग्ने, मासंपेशी दुख्ने, भोक नलाग्ने, कपाल झर्ने,केही नगर्दा पनि हातखुट्टा गल्ने, हातखुट्टा बागिंने लगायत लक्षण देखा पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर बारम्बार रोगको संक्रमण भइरहने हुन्छ ।

कति बेर बस्ने ?
विशेषगरी भिटामिन डीको लागि बिहानको घाम सबैभन्दा फाइदाजनक हुन्छ । तर बिहानको घाममा बस्न समय नमिलेको खण्डमा साँझको घाममा पनि बस्न सकिन्छ । सकेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्मको घाममा बस्नु राम्रो हुन्छ । कम्तीमा २० देखि २५ मिनेट र बढीमा दुई घण्टा बस्न सकिन्छ ।

कमी किन हुन्छ ?
घाममा बस्ने बानी कमी, चाहेर पनि कामको व्यस्तताका कारण घाम ताप्न नपाएर, छाला कालो हुन्छ भनेर घाम नताप्दा हुन्छ । त्यस्तै बिहानको घाममा नवजात शिशुलाई तेल लगाएर ताप्ने परम्परा वा चलन थियो । तर आजभोलि त्यो हराउँदै गएको छ । यसले गर्दा पनि अहिले बालबालिकामा भिटामिन डीको कमी देखिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com