बढ्यो मेटाको आम्दानी

खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै चालु अंग्रेजी वर्ष २०२३ को तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी तथा मुनाफामा सन्तोषजनक वृद्धि भएको छ । जुलाई देखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानीमा २३ प्रतिशत वृद्धि भई ३४ अर्ब १५ करोड डलर पुगेको छ ।

सन् २०२२ को तेस्रो त्रैमासिकको तुलनामा यो वर्षको त्रैमासिकमा मेटाको आम्दानी २३ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिको आम्दानी २७ अर्ब ७१ करोड डलर थियो । यो वर्ष मेटा कम्पनीले आफ्नो खर्च समेत घटाएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खर्च २२ अर्ब पाँच करोड रहेकोमा ७ प्रतिशतले घटेर २० अर्ब ३९ करोड डलरमा कायम भएको छ । वर्षको अन्तिम त्रैमासिकमा कम्पनीको कुल आम्दानी साढे ३६ अर्ब देखि ४० अर्ब डलर सम्म पुग्ने प्रक्षेपण मेटाले गरेको छ ।

गत फेब्रअरीमा यो वर्ष मेटाका लागि कार्यदक्षताको वर्ष हुने प्रतिबद्धता जनाएका सिइओ मार्क जुकरबर्गले मेटा कम्पनीको पछिल्लो वित्तीय प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com