एप्पलले ८ कोर तथा १० कोर जिपियु गरी दुई मोडेल ल्याएको छ । नयाँ आइम्याकको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर हुनुका साथै ऊर्जा दक्षतामा पनि अधिक रहेको बताइएको छ ।
८ कोर जिपियु मोडेल
- अक्टाकोर सिपियु
- ८ जिबी र्याम र २५६ जिबी एसएसडी स्टोरेज उपलब्ध
- दुईवटा थन्डरबोल्ट पोर्ट, म्याजिक किबोर्ड तथा म्याजिक माउस
- यसको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।
१० कोर जिपियु मोडेल
- अक्टाकोर सिपियु
- ८ जिबी र्याम तथा २५६ जिबी एसएसडी
- दुई थन्डरबोल्ट पोर्ट
- दुईवटा अतिरिक्त युएसबी थ्री पोर्ट
- टच आइडी सहितको म्याजिक किबोर्ड
- म्याजिक माउस तथा गिगाबिट इथरनेट
- यो मोडेलको मूल्य १४९९ डलर तोकिएको छ।
- ४.५ को स्क्रिन रिजोलुसन
- ५०० निट्सको पिक ब्राइटेन
- वाइफाइ ६ ई, ब्लुटुथ ५.३ तथा चारवटा युएसबी टाइप सी पोर्ट
- हरियो, गुलाबी, निलो, पहेँलो, बैजनी र चाँदी रङमा उपलब्ध
- कम्प्युटरमा १०८० पिक्सेल फेसटाइम क्यामरा तथा ६ वटा स्पिकर राखिएको छ ।