एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
टी—२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।
नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी अल्ट्रा च्यालेन्जमा महिलातर्फ रशिला दोस्रो भएकी हुन् ।उनले ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा डेब्यु गर्न लागेको स्पोर्टिङ इलाम एफसी डी मेचीले ट्यापआउट फिटनेससँग सहकार्य गरेको छ । ट्यापआउट फिटनेस स्पोर्टिङ इलाम एफसीको फिटनेस पार्टनर बनेको हो । ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौता भएको हो ।