हर्शेलले आफ्नो कुरुपतालाई आफूमाथि कहिल्यै हावी हुन दिइनन् । उनी पनि दाजु तथा भाई सँग मिलेर एक नामी गायिका भइन् । संगीत उनीहरुको खानदानी पेशा थियो । हर्शेलका भाई विलियमको खगोलशास्त्रमा गहिरो रुचि थियो । विलियमसँग रहँदा हर्शेलको पनि रुचि खगोलशास्त्रमा बढ्दै गयो ।
तारा, ग्रह तथा नक्षत्रहरुको खोज तथा अध्ययन गर्ने मानिसहरुलाई खगोल शास्त्रि भनिन्छ । उनीहरुको नयाँ नयाँ खोजले दुनियाँलाई रोमाञ्चित र आश्चर्यमा पारेको छ । यसैगरि खगोलशास्त्रकणे अध्ययन गरेर दुनियाँलाई आश्चर्यमा पार्ने पहिलो महिला खगोलशास्त्री हुन् केरोलिन ल्यूक्रेटिया हर्शेल । हर्शेलको जन्म जर्मनीको हैनोवरमा सन् १७५० मार्च १६ मा भएको थियो । उनको बोलाउने नाम लिना थियो । उनी आफ्नो मातापिताको पाँचौ संतान थिइन् । ३ वर्षको हुँदा उनलाई विफर आएको थियो । जसले गर्दा उनको अनुहार भरि दागै दाग भयो र दाँयाआँखा पनि बिग्रियो । त्यसपछि पनि दश वर्षको हुँदा उनलाई टाइफाइड भयो । यसरी प्रायः उनको बाल्यकाल रोगमा नै बित्यो । हर्शेलका पिता आफ्ना सबै संतानलाई शिक्षा दिने पक्षमा थिए । उनी सेनामा संगीतकार थिए । जबकी हर्शेलकी आमाका अनुसार हर्शेललाई शिक्षाको आवश्यकता थिएन ।
अनुहारको दागले उनलाई कुरुप बनाएको थियो । जसले गर्दा उनको बिहे हुने संभावना थिएन र उनले घरको काम गर्नुपर्छ भन्ने उनको आमाको मत थियो । सन् १७५७ मा हर्शेलका भाई विलियम इङल्याण्ड गएर संगीतको शिक्षक बने, पछि उनका दाजु पनि इङल्याण्ड गएर भाईसँग मिलेर काम गर्न थाले । उनीहरु त्यहाँ निकै व्यस्त भएका कारण घरको कामका लागि हर्शेललाई पनि इङल्याण्ड बोलाए । त्यसबेला हर्शेल २२ वर्षकी थिइन् । हर्शेलले आफ्नो कुरुपतालाई आफूमाथि कहिल्यै हावी हुन दिइनन् । उनी पनि दाजु तथा भाई सँग मिलेर एक नामी गायिका भइन् । संगीत उनीहरुको खानदानी पेशा थियो । हर्शेलका भाई विलियमको खगोलशास्त्रमा गहिरो रुचि थियो । विलियमसँग रहँदा हर्शेलको पनि रुचि खगोलशास्त्रमा बढ्दै गयो । बिस्तारै विलियम संगीत छोडेर खगोलशास्त्रको अध्ययनमा लिन भए । उनी एक शक्तिशाली टेलिस्कोप बनाउन चाहन्थे । त्यस काममाहर्शेलले उनको सक्दो मद्दत गरिन् । हर्शेल स्वतन्त्र रुपमा टेलिस्कोपको गहन अध्ययन गर्न थालिन् ।
सानो छँदा उनको स्मरण शक्ति कमजोर थियो । उनी गणीतमा कमजोर थिइन् तर पनि उनको खगोल सम्बन्धि जटिल गणनामा रुचि बढ्न थाल्यो । उनले भाइलाई आधुनिक गणितिय तरिका अपनाउने सल्लाह दिइन् र उनको मद्दत पनि गरिन् । सिक्ने तिव्र इच्छाले उनलाई गणितमा पारंगत बनायो । १७८१ मा विलियमले एक ब्रम्हाण्डीय पिण्ड ‘यूरेनस’ पत्ता लगाए । जर्ज तृतीयले विलियमलाई खगोलशास्त्री नियूक्त गर्दा हर्शेल उनको सहयोगि बनिन् । विलियम अनुपस्थित हुँदा हर्शेल स्वतन्त्र रुपमा खगोलशास्त्रको अनुसंधानमा लागि रहन्थिन् । उनले १७८३ मा तिनवटा निहारिकाहरुको खोज गरिन् । जुन आजभोलि एन जी.सी. २३६० एनजी. सी. २०५ र एन जी.सी. २५३ को नामले चिनिन्छ । १७८६ मा उनले पूच्छ्रे ताराको खोज गरिन् । सी÷१७८६ पी –१ नामक उक्त तारालाई हर्शेल नाम दिइयो । कुनै महिलाद्धारा पूच्छ्रे ताराको यो पहिलो खोज हो । यस खोजले हर्शेललाई प्रख्यात बनायो । १७९७ सम्ममा उनले सात वटा नयाँ पूच्छ्रे ताराको खोज गरिन् । सन् १७९८ मा उनले फ्लेमस्टीडको ताराको क्याटलगलाई व्यवस्थित गरेर रोयल सोसायटीलाई दिइन् । जुन सन् १७९९ मा प्रकाशित गरियो । त्यसमा हर्शेलले ५६० वटा नयाँ ताराहरुको खोज गरेकी थिइन् । सन् १८३२ मा डेनमार्कका राजाले उनलाई स्वर्ण पदक दिएर सम्मान गरे । सन् १८४८ मा उनको मृत्यु भयो । उनको मृत्यु पश्चात् उनको स्मृति र सम्मानमा एउटा सानो ग्रहको नाम ल्यूक्रेटिया राखियो ।