सन् १८७८ अगस्ट महिनामा अलेक्सेयीकी आमाको मृत्यु भयो । दाहसंस्कारको काम पछि अलेक्सेयीका हजूरबाले भने–‘सुन् केटा तँ मेरो तक्मा होइनस्, ताकि म जहाँ जहाँ जान्छु, त्यतै त्यतै तँलाई भिरेर हिड्ने । अब तँलाई मेरो घरमा बस्ने ठाउँ छैन, जहाँ जान्छस् जा र काम गरेर आफ्नो पेट पाल ।’ आफ्नै हजूरबाको यस्तो गालीले अलेक्सेयीको मन मस्तिष्कमा गहिरो चोट पर्यो । आफ्नाहरुले परेको बिपत्तिमा साथ छा्ड्छन् भन्ने कुरा अलेक्सेयीले यहि नेर बुझेका थिए । आफ्नी आमाको मृत्यु पश्चात अलेक्सेयीको जीवनमा झन् ठूलो संकट आइपर्या । सच्चा मान्छे त्यो हो, जो बिपत्तिमा आत्तिदैन भने झै अलेक्सेयीले संर्घषका सिंढीहरुमा आफ्ना पाइला चढाउँदै गए । अलेक्सेयीको अध्ययनको कुरा गर्दा उनले कक्षा तीनको परिक्षा पास गरेका छन् । तर उनले सानै उमेरमा धार्मिक किताब, विभिन्न कथा र निबन्ध साथै थुप्रै समालोचना, ग्रन्थ, उपन्यास पनि पढि सिध्याएका थिए । सानो सानो कुराहरुलाई गहिरिएर अध्ययन गर्ने स्वभावका अलेक्सेयी हुने बिरुवाको चिल्लो पात वा मर्निङ्ग सोज् दि डे भने जस्तै थिए । कक्षा कोठामा बस्दा अलेक्सेयीलाई उनका समकालीन साथीहरुले नानाभाति गाली गर्थे । खाते, डाँका, चोर, फोहोरी जस्ता विस्मती शब्दहरुको बिल्ला उनैलाई भिराइन्थ्यो । ‘तर म चुपचाप सहि बस्थे । म स्कुल जाँदा कहिलै पनि फोहोरी भएर जान्नथे ’ गोर्कीले आफ्नो बाल्यकालबारे बताएका छन् । ‘स्कुलका अनैतिक तथा उपद्रो कार्यहरुको लिडरको नाममा मेरो नाम साथीहरुले दर्ता गरिसकेका हुन्थे ।’ तर लगनशिलता र निरन्तर अध्ययनको परिणामले गोर्कीले स्कुलका शिक्षक शिक्षिकाको मन जीतेका थिए । केटाकेटी अवस्थामा जो पनि चकचके हुन्छ । यस्तो हुनु सामान्य प्राकृतिक नियम हो । केटाकेटी बानी व्यवहारले अलेक्सेयीले कुनै काम बिगारेको खण्डमा हजूरबाले मुच्र्छा परुन्जेल पीट्थे । यस्तो सजायबाट अलेक्सेयी एकपटक पुरै बिरामी पनि परेका थिए र उनका पछिल्ला दिनका लागि यो एउटा अविश्मरणीय क्षण बन्न पुग्यो । पछि म्याक्सीम गोर्कीले एउटा रुसी पत्रिकाका अन्र्तवार्तामा भनेका छन्–‘यहि बेला देखि म छिटो–छिटो वृद्ध हुँदै गएको हुुनुपर्छ किनभने मैले आफूमा एउटा नयाँ अपूर्व संवेदनाको अनुभव गरेको थिए । त्यहि बेलादेखि मैले मानिसहरुलाई गहिरिएर हेर्न थाले । आफू र अरुहरु प्रति सज्जन र सुकिला मुकिलाहरुले गरेको अपमानजनक व्यवहारको अनुभव र अन्वेशण गर्न थालेको रहेछु ।’ म्याक्सीम गोर्कीले आफ्नो वृतान्त बताउने क्रममा लेखेका छन्–‘एउटा अत्यन्तै अनौठो, तीतो रङ्गीचङ्गी, जीवनको शुरुवात भयो र म अत्यन्तै डरलाग्दो विपतको भुमरीमा धकेलिए । मेरो स्मृतिमा यि कुराहरु एउटा डरलाग्दो दन्त्यकथाका रुपमा रहेका छन् । अहिले मलार्ई यी सबै कुराहरु भन्न पनि मन लाग्दैन, तर सस्तो भावुकता भन्दा वास्तविकता बढी महत्वपूर्ण हुन्छ । यसका साथसाथै मैले मेरै विषयमा नै कुरा गरिरहेको होइन, यो त एउटा जीवनपद्धती बारे भनिएको हो, एउटा जीवन पद्धती जुन अत्यन्तै साघूँरो छ । चारैतिरबाट थिचिएको र बार्हौ बाधाहरुले चिथोरिएको छ । जसरी म त्यतिबेला जन्मे अनि हुर्के र जसरी अहिले यी संस्मरणहरु सन् १९१३ मा प्रकाशित भएका थिए ।’ सामान्य रुसी मानिसहरु अझसम्म पनि दिन काटिरहेका छन् । सन् १८६८ को मार्च महिनाको १६ तारिखमा जन्मीएका म्याक्सीम गोर्कीको न्वारनको नाम अलेक्सेयी म्याक्सिमोभिय पेस्कोभ थियो । रुस पेर्म प्रान्तको निम्नमध्यम वर्गका यि हस्ती आफ्ना परिवारका सदस्यहरु रुढिवादी भएकोमा चिन्तित थिए । अलेक्सेयीको बाबुको नाम सब्यात्येभिच पेस्कोभ र आमाको नाम बार्बरा मास्ल्यिभ्ना थियो । सन् १८७२ मा अलेक्सेयीका बाबुको मृत्यु भएको थियो । जीवनका विभिन्न नेता, कुइनेताहरुमा संघर्ष गर्दै हिडेका अलेक्सेयीले पढ्ने र आफ्नो विभिन्न आवश्यकता पुरा गर्न सडकमा फलामका टुक्रा, कपडाका झुत्रा, प्लास्टीक आदि बटुल्ने काम पनि गरे । खोलाको बगरमा बालुवा पनि चाल्ने अलेक्सेयीलाई समयले कुनै बेला सिपालु डकर्मी पनि बनायो तर अलेक्सेयीलाई हामी यस्ता क्रियाकलापबाट भन्दा पनि एक आदर्श पथ प्रदर्शक लेखकका रुपमा चिन्छौ । थुप्रै लेख आदि लेखेका यि लेखक ‘आना’ उपन्यासबाट परिचित छन् । संसारका अति महत्वपूर्ण ग्रन्थहरुमध्ये एक ‘आना’ उपन्यास परिवर्तनको ज्वारभाटा बोकेको शसक्त ग्रन्थ हो ।