गर्मी मौसममा स्वस्थ रहन के खाने ?

१. पानी :

गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ ।

२. नरिवल पानी :

गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

३. फलफूल :

गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ र शरीर स्वस्थ रहन मद्दत गर्छ ।

४. चना :

गर्मी मौसममा चनाको सेवन गर्नाले शरीरलाई शीतलला प्रदान गर्नुका साथै शरीरमा शक्ति पैदा गर्छ । यसको सेवनले शरीरलाई गर्मी बाट बचाउँछ ।

५. धनिया, पुदिना तथा प्याज :

गर्मी मौसममा पाचन क्रियामा समस्या हुने भएकाले धनिया, पुदिना तथा प्याजको सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ साथै यसले खानालाई स्वादिलो पनि बनाउँछ ।

Share This:

ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय के छन् ?

ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । यसैगरी अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ ।

ग्यास्ट्रिक निको बनाउन आयुर्वेदले केही घरेलु उपचार सुझाएको छ ।

पुदिना : पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

कागती : तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

पुदिना : पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

अमला पाउडर : दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

दालचिनी : मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

दही र मोही : दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

त्रिफला : त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

जेठी मधु : तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

Share This:

आज विश्व खाद्य स्वच्छता दिवस

  • सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।
  • यसवर्षको नारा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ रहेको छ ।
  • नेपालको संविधानले हरेक नेपालीका लागि उपभोक्ताको हक, खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ ।

Share This:

गर्मीमा खर्बुजा रुचाउनुहुन्छ ? यस्ता छन् फाइदा

गर्मीको समय छ, शरीरले शीतल कुराको चाह राख्छ । यस्तोमा खर्बुजा तिर्खा मेटाउन र शरीरमा पानीको मात्रा सन्तुलित गर्न उपयुक्त फलफूल बन्न सक्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न रोग लाग्नबाट जोगाउँछ ।

खर्बुजाका फाइदा

रक्तचाप नियन्त्रण : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनअनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

पाचन प्रणाली : खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । कब्जियत हुनबाट जोगाउँछ ।

शरीरमा पानीको मात्रा : खर्बुजामा ९० प्रतिशतभन्दा पानी र प्रशस्त मात्रामा खनिज पाइन्छ । यसले शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाको सेवनले सन्तुलित पार्छ ।

दम : खर्बुजामा पाइने भिटामिन सीले दमको रोग लाग्नबाट जोगाउँछ ।

क्यान्सर : खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एन्टिअक्सिडेन्टले क्यान्सर कोष वृद्धिलाई रोक्छ र फ्री-रेडिकल बन्न दिंदैन । त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ ।

छाला : खर्बुजाले शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाइने भिटामिन एले यो जरुरत पूरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

Share This:

यस कारण पिउनुस् पानी

१. शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।

२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नुस् ।

३. टाउको दुखाई कम गर्न र निको पार्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।

४. यदि तपाईलाई कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्नुस् समस्या निको हुन्छ ।

५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।

६. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।

Share This:

स्वस्थ र दीर्घ जीवनका लागि यी १० खानेकुराबाट टाढै रहनुहोस्

मोटोपन सुन्दा जति सामान्य लाग्छ, शरीरका लागि त्यति नै घातक समस्या पनि हो यो ।

१. प्रशोधित मासु

२. चाउचाउ

३. सुगर फ्री 

४. तारेको खानेकुरा

५. सोडा र सफ्ट ड्रिंक्स पिउन रोक्नुहोस्

५. सोडा र सफ्ट ड्रिंक्स पिउन रोक्नुहोस्

७. क्यान फुड

८. आइसक्रिम

९. इनर्जी ड्रिंक्स

१०. दुनोट र अन्य बेकरी आइटम

Share This:

पेट गडबड भइरहन्छ ? इरिटेबल बाउल सिन्ड्रोम पनि हुन सक्छ

  • यो समस्या एन्जाइटीजस्ता मनोरोगको समस्याले पनि गराउन सक्छ । जस्तै, कुनै कुरामा आत्तिने, तर्सिने, सोच्नेजस्तो समस्या भएका व्यक्तिमा यो रोग देखिन सक्छ ।
  • पेटमा ग्यास भरिने, कब्जियत हुने, पखाला लाग्नेजस्ता समस्यालाई हामी सामान्य ठान्छौं । खानपान र दिनचर्या नमिल्दा हुने यस्तो समस्या लामो समयसम्म रहिरहेमा इरिटेबल बाउल सिन्ड्रोम भएको पनि हुन सक्छ ।
  • इरिटेबल बाउल सिन्ड्रोम एक प्रकारको ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर हो । ठूलो आन्द्रामा हुने यो समस्याले दैनिक गतिविधिलाई नै असर पार्न सक्छ । तर यदि सही समयमा यसको लक्षण पहिचान गरी उपचार सुरु गरियो भने यो समस्याबाट छिट्टै छुटकारा पाउन सकिन्छ ।

Share This:

कति समयको फरकमा खाना खानु राम्रो ?

  • हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
  • खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ ।
  • हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

Share This:

पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् यी असरहरु

  • गलगाँड आउने
  • गर्भावस्थामा समस्या देखिने, गर्भ तुहिने वा गर्भमा शिशुको मृत्यु हुन सक्छ
  • मानसिक र बौद्धिक क्षमतामा कमी आउने
  • शिशुको दिमागको विकास राम्रोसंग नभई जन्मने
  • सुस्तमनस्थिती हुने र बौद्धिक क्षमतामा कमी हुने
  • काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने

Share This:

बिहानै तातो पानी पिउनुको फाइदाहरु

  • ग्यास्ट्रिकबाट राहत
  • कब्जियतबाट राहत
  • दुखाइमा छुटकारा
  • तौल घटाउने

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com