निस्क्रिय रहेका एक्स अकाउन्ट बिक्री गर्दै एलन मस्क

एक्स अर्थात् पूरानो ट्वीटरमा अकाउन्ट बनाएर छोडेको छ भने कम्पनीका मालिक एलन मस्कले अब ती एक्स अकाउन्टलाई बेच्दैछन् जो सक्रिय छैनन् ।

सोसल मिडिया प्लाटफर्म एक्समा साडे डेढ अर्ब त्यस्ता अकाउन्ट छन् जसलाई कसैले पनि प्रयोग गर्दैन । यसका लागि एक्स कम्पनीले ह्याण्डल मार्केटप्लेस सर्भिस सुरुवात गरेको छ । आगामी महिनाभरमा यस्ता सबै निस्क्रिय अकाउन्टहरुलाई यहीँ मार्केटप्लेसमार्फत् बिक्री गरिनेछ ।

ती अकाउन्टहरु यस्ता हुन् जसबाट अहिलेसम्म कुनैपनि पोस्ट गरिएको छैन । यसका अलावा ती अकाउन्टमा लगइनको समेत कुनै क्रियाकलाप भएको छैन ।त्यसैले मस्कले एक्समा ठाउँ ओगटेर रहेका त्यस्ता करोडौँ अकाउन्टहरु बेच्ने योजना बनाएका हुन् । ती सबै अकाउन्टहरुको मूल्य ५० हजार डलर पर्ने बताइएको छ ।

Share This:

खेलकुद समाचार

  • एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
  • टी—२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।
  • नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी अल्ट्रा च्यालेन्जमा महिलातर्फ रशिला दोस्रो भएकी हुन् ।उनले ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् ।
  • नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा डेब्यु गर्न लागेको स्पोर्टिङ इलाम एफसी डी मेचीले ट्यापआउट फिटनेससँग सहकार्य गरेको छ । ट्यापआउट फिटनेस स्पोर्टिङ इलाम एफसीको फिटनेस पार्टनर बनेको हो । ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौता भएको हो ।

Share This:

आर्थिक समाचार

  • साता कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बचार १०.८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडिएको छ । दशै अघि १९०३ मा अडिएको सेयर बजार दशै पछि ५६ अंकले घटेको छ ।
  • चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।
  • बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ ।
  • गत वर्षको ६० लाख रुपैयाँ नोक्सानमा रहेको गुराँस लघुवित्तले अहिले भने ९ लाख रुपैयाँ नाफा कमाएको छ । आव २०८०र८१ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Share This:

एप्पलले को नयाँ आइप्याक कम्प्युटर सार्वजनिक

एप्पलले ८ कोर तथा १० कोर जिपियु गरी दुई मोडेल ल्याएको छ । नयाँ आइम्याकको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर हुनुका साथै ऊर्जा दक्षतामा पनि अधिक रहेको बताइएको छ ।

८ कोर जिपियु मोडेल

  • अक्टाकोर सिपियु
  • ८ जिबी र्याम र २५६ जिबी एसएसडी स्टोरेज उपलब्ध
  • दुईवटा थन्डरबोल्ट पोर्ट, म्याजिक किबोर्ड तथा म्याजिक माउस
  • यसको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

१० कोर जिपियु मोडेल

  • अक्टाकोर सिपियु
  • ८ जिबी र्याम तथा २५६ जिबी एसएसडी
  • दुई थन्डरबोल्ट पोर्ट
  • दुईवटा अतिरिक्त युएसबी थ्री पोर्ट
  • टच आइडी सहितको म्याजिक किबोर्ड
  • म्याजिक माउस तथा गिगाबिट इथरनेट
  • यो मोडेलको मूल्य १४९९ डलर तोकिएको छ।
  • ४.५ को स्क्रिन रिजोलुसन
  • ५०० निट्सको पिक ब्राइटेन
  • वाइफाइ ६ ई, ब्लुटुथ ५.३ तथा चारवटा युएसबी टाइप सी पोर्ट
  • हरियो, गुलाबी, निलो, पहेँलो, बैजनी र चाँदी रङमा उपलब्ध
  • कम्प्युटरमा १०८० पिक्सेल फेसटाइम क्यामरा तथा ६ वटा स्पिकर राखिएको छ ।

Share This:

आर्थिक समाचार

  • नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
  • सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो ।
  • सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ । मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको छ ।
  • बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

Share This:

आर्थिक समाचार

  • सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।
  • मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर एक लाख १६ हजार रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । चाँदीको तोलामा १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।
  • असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ ।
  • सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि साधारणसभा बोलाएको छ । बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा हुने साधारणसभाले घोषित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् ।

Share This:

बढ्यो मेटाको आम्दानी

खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै चालु अंग्रेजी वर्ष २०२३ को तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी तथा मुनाफामा सन्तोषजनक वृद्धि भएको छ । जुलाई देखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानीमा २३ प्रतिशत वृद्धि भई ३४ अर्ब १५ करोड डलर पुगेको छ ।

सन् २०२२ को तेस्रो त्रैमासिकको तुलनामा यो वर्षको त्रैमासिकमा मेटाको आम्दानी २३ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिको आम्दानी २७ अर्ब ७१ करोड डलर थियो । यो वर्ष मेटा कम्पनीले आफ्नो खर्च समेत घटाएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खर्च २२ अर्ब पाँच करोड रहेकोमा ७ प्रतिशतले घटेर २० अर्ब ३९ करोड डलरमा कायम भएको छ । वर्षको अन्तिम त्रैमासिकमा कम्पनीको कुल आम्दानी साढे ३६ अर्ब देखि ४० अर्ब डलर सम्म पुग्ने प्रक्षेपण मेटाले गरेको छ ।

गत फेब्रअरीमा यो वर्ष मेटाका लागि कार्यदक्षताको वर्ष हुने प्रतिबद्धता जनाएका सिइओ मार्क जुकरबर्गले मेटा कम्पनीको पछिल्लो वित्तीय प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

Share This:

भिटामिन डी

सुन्दा सामान्य लाग्छ, तर घामको किरण मानव शरीरका लागि नभई नहुने तत्व हो । त्यसैले घाम ताप्नु भनेको स्वास्थ्यलाभ लिनु हो । शरीरका अधिकांश भागमा घामको स्पर्श हुनु हो । यसो गर्दा के हुन्छ ? मेलाटोनिन पाइनल ग्रन्थिले बनेको हार्मोन हो, जुन मस्तिष्कको सानो ग्रन्थि हो । मेलाटोनिनले निद्रा नियन्त्रण गर्न र चक्रलाई जगाउन मद्दत गर्दछ ।

भिटामिन डीको स्रोत के हो ?
भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको प्रकाश अर्थात् घाम हो । बिहानको घाममा पर्याप्त वा भरपुर मात्रामा भिटामिन डी हुन्छ । यसबाहेक भिटामिन डीको स्रोतमा अण्डा, बन्डा, काउली, चीज, च्याउ, माछाको फोक्सो, फलफूलको सेवन, माछा, गाईको दूध आदिमा भिटामिन डी पाईन्छ ।

भिटामिनको डीको कमी
थकान र कमजोर महसुस हुने, हड्डीको दुखाइ महसुस हुने, निद्रा नलाग्ने, मासंपेशी दुख्ने, भोक नलाग्ने, कपाल झर्ने,केही नगर्दा पनि हातखुट्टा गल्ने, हातखुट्टा बागिंने लगायत लक्षण देखा पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर बारम्बार रोगको संक्रमण भइरहने हुन्छ ।

कति बेर बस्ने ?
विशेषगरी भिटामिन डीको लागि बिहानको घाम सबैभन्दा फाइदाजनक हुन्छ । तर बिहानको घाममा बस्न समय नमिलेको खण्डमा साँझको घाममा पनि बस्न सकिन्छ । सकेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्मको घाममा बस्नु राम्रो हुन्छ । कम्तीमा २० देखि २५ मिनेट र बढीमा दुई घण्टा बस्न सकिन्छ ।

कमी किन हुन्छ ?
घाममा बस्ने बानी कमी, चाहेर पनि कामको व्यस्तताका कारण घाम ताप्न नपाएर, छाला कालो हुन्छ भनेर घाम नताप्दा हुन्छ । त्यस्तै बिहानको घाममा नवजात शिशुलाई तेल लगाएर ताप्ने परम्परा वा चलन थियो । तर आजभोलि त्यो हराउँदै गएको छ । यसले गर्दा पनि अहिले बालबालिकामा भिटामिन डीको कमी देखिन्छ ।

Share This:

आर्थिक समाचार

  • सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सयमा कारोबार भइरहेको छ ।
  • माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।
  • सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Share This:

राष्ट्रिय खेलकुद समाचार

  • वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
  • नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया(ओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।दोस्रो खेलमा नेपालले टिम इभेन्टमा ब्रुनाइलाई ३–० ले पराजित गर्यो ।
  • नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
  • ब्राजिलको रियो दि जेनेरियोमा आयोजित आइएसएफ यु १५ जिम्न्यासाइडमा काश्य पदक जित्न सफल बक्सिङ खेलाडीद्वय सेरप ग्याल्जेन शेर्पा र प्रकृति थापालाई नगद रकम ३०—३० हजार सहित सम्मान प्रदान गरिएको छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com