सुनबाट निर्माण गरिएको विश्वको पहिलो होटल भियतनामको राजधानी हनोइमा खुलेको छ । उक्त होटलको विशेषता भनेको हरेक चीज सुनबाट लेपन गरिनु हो ।
होटलको नाम डोल्से हनाई गोल्डेन लेक हो । यी २५ तले ५ स्टार होटलमा ४ सयवटा कोठाहरु छन् भने होटलको बाहीरी भित्तामा २४ हजार वर्ग फिटमा सुन लेपन गरिएका टायल लगाइएको छ ।
होटलमा प्रयोग गरिने फर्निचर तथा अन्य साजसज्जाका सामानहरु, बेडरुम, बाथरुम, सिंक तथा सावर लगायका सबै सामानहरुमा सुनको लेपन गरिएको छ । साथै होटलमा खाना खाने प्लेट देखि लिएर कप सम्मका भाडाहरुमा पनि सुनको लेपन गरिएका छन् । यतिमात्र नभई पूरै होटल नै स्वर्णमय देखिन्छ ।
कर्मचारीहरुको पहिरनमा समेत रातो तथा सुनौलो रंगको लगाउँछन् । होटलको छतमा इन्फिनिटी पुल बनाइएको इटाहरुमा पनि सुनको लेपन गरिएको छ ।डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा भएको थियो । यो होटलमा रात बिताउन एक रातको न्यूनतम शुल्क ३२ हजार रुपैया बराबरको रकम बुझाउनु पर्छ । डबल बेडको लागि भने एक रातको १ लाख १२ हजार रुपैया तिर्नु पर्छ ।
होटलमा कल ६ प्रकारका कोठाहरु ६ खाले सुइटहरु छन् । होटलको सबै भन्दा मंहगो सुइटको रुपमा रहेको प्रेसिडेन्सिअल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैया बराबरको रकम तिर्नुपर्छ ।
व्यक्तित्व विकास
- नेतृत्व जिम्मेवारीहरू लिनुहोस्।
- आफ्नो व्यावसायिक नेटवर्क विस्तार गर्नुहोस्।
- कार्य योजना विकास गर्नुहोस्
- काममा सन्तुष्टि लिनुहोस्।
- तपाई के तर्फ काम गर्दै हुनुहुन्छ थाहा पाउनुहोस्।
- स्मार्ट लक्ष्यहरू सेट गर्नुहोस्।
- आवश्यक सीपहरू निर्धारण गर्नुहोस्
बालबालिकाको हेरचाहको ध्यान दिनुपर्ने कुराहरु
- आफ्नो बच्चालाई बारम्बार अँगालो हाल्नुहोस्।
- सम्भव भएमा आफ्नो बच्चालाई वरिपरि घुमाउनु लैजानुहोस् ।
- बालमैत्री घरको वातावरण कायम राख्नुहोस् ।
- आफ्नो बच्चालाई पिट्नु हुँदैन।
- बच्चाको पोषणमा ध्यान दिनुहोस् ।
- तपाईंको बच्चालाई प्रत्येक दिन घाममा केही समय राख्नुहोस् ।
- तिनीहरूलाई कथाहरू पढाउनुहोस् ।
- आवश्यक पर्दा कडा अभिभावक बन्नुहोस्।
- राम्रो व्यवहारको लागि आफ्नो बच्चालाई इनाम दिनुहोस् ।
स्वस्थ खाना खाने बानी बसालौ
- धेरै फलफूल र तरकारी खानुहोस्।
- धेरै बोसो र चिनी कम खानुहोस्
- नुनको सेवन कम गनुहोस् ।
- हरियो सागसब्जी धेरै मात्रामा खानुहोस्
- आफ्नो आहारमा पौष्टिक खाना समावेश गर्नुहोस्
- सोडायुक्त खाना नखानुहोस्
- फ्राइड फूडहरू कम गर्नुहोस्
- बिहानको खाजा खानुहोस्
कपाललाई चम्किलो र बलियो बनाउने अपनाउनुहोस् यी उपायहरु
- सधैं कपाल कन्डिसनर प्रयोग गर्नुहोस्
- केमिकल रहित उत्पादीत स्याम्पू छनौट गर्नुहोस्
- कपालमा कलर कम मात्रामा गनुहोस्
- तपाईंको कपाललाई राम्ररी तेलले मालिस गनुहोस्
- सम्भव भएसम्म आफ्नो कपाललाई प्राकृतिक रूपमा सुकाउनुहोस्
- पराबैंजनी किरणहरूबाट आफ्नो कपाललाई जोगाउनुहोस्
- पौष्टिक आहार खानुहोस्
- आफ्नो कपाल नियमित रूपमा धुनुहोस्
सोचे जस्तो नहुँदा सम्झिनु पर्ने कुराहरु
१. कठिन समयले अघि बढ्न सिकाउँछ ।
२. आफुलाई विशिष्ट बनाउनुहोस् ।
३. धैर्यवान् हुनुहोस् ।
४. काम प्रति राम्रो दृष्किोण राख्नुहोस् ।
५. हाँस्न नछोड्नुहोस् ।
६. हिजोलाई नदोेहोर्याउनु होस् ।
संघर्ष र सफलता
१. जसले हार्छ, उसले नै जित्नुको महतव थाहा पाउँछ ।
२. यदि ठूलो मान्छे बन्नु छ भने ठूलो खतरा पनि लिन सक्नु पर्छ ।
३. सहाराले मानिसलाई कमजोर बनाउँछ ।
४. हरेक समस्या लक्ष्य प्राप्त र्गाे एउटा अवसर हो ।
५. नराम्रो समयको एउटा राम्रो कुरा हुन्छ कि त्यो बितेर जान्छ ।
६. मौका शब्द जति छ,त्यति नै कम समयका लागि आउँछ ।
७. कुनै कुरालाई जति बुझ्ने प्रयास गरिन्छ, त्यति नै डर कम हुन्छ ।
८. मर्नको लागि जति सुकै कारण भए पनि बाँच्नका लागि एउटै कारण महत्वपूर्ण हुन्छ ।
राजनिती समाचार
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा विकासका लागि बजेट मागिरहने तर, खर्च नगर्ने प्रवृत्तिमाथि प्रश्न उठएका छन् ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
- धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् ।
स्वास्थ्य समाचार
- खोटाङ सेवा समाज बेलायतले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
- स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ ।
- लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ ।
- विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् ।
खेलकुद समाचार
- प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो स्पष्टीकरण दिएका हुन् ।
- वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी(२० अभ्यास खेल रद्द भएको छ ।
- युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ ।
- पुलिस क्लब भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।