चुट्किला (थप कपी)

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ।
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ।
दश मिनेटपछि त्यो छात्राले उठेरः सर…। थप कपी… दिनुहोशन ।

Share This:

स्व्स्थ्य समाचार

  • ‘ब्रेक बोन फिभर’ अर्थात् ‘डेंगु’ रोग प्रत्येक प्रकोपसँगै थप घातक बन्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
  • १६ देखि २९ वैशाखसम्म सञ्चालन हुने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत सर्लाहीमा आठ लाख बढी व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
  • राणाकालमै खुलेको नेपालको जेठो अस्पताल अहिले अस्तव्यस्त जस्तै बनेको छ । अस्पताल अस्तव्यस्त हुँदा सेवा खुम्चिएको छ भने बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

Share This:

अन्तराष्ट्रिय समाचार

  • छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ ।
  • अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ ।
  • इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ ।
  • युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
  • पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३।८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।
  • भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् ।

Share This:

आर्थिक समाचार

  • कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा नागरिकले सास्ती पाएका छन् ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
  • तातोपानी नाकाबाट मात्रै चालु वर्षको ९ महिनामा साढे तीन अर्बका विद्युतीय सवारीसाधन भित्रिए ।
  • गएको ९ महिनामा कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ सरकारी ऋण उठेको छ, जसमध्ये १ खर्ब ७६ अर्ब आन्तरिक र ६२ अर्ब ५४ करोड बाह्य ऋण हो ।

Share This:

रोचक जानकारी (अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ)

मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।

मान्छेको जिवनमा कहिले खुशी आउँदा खुशीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि मानिसहरु रुन चाहन्छन् तर अरुलाई देखाउन चाहदैनन् कि उनीहरु रुदैँछन् । अब यस्तो अवस्थामा के गर्ने ? यो उनीहरुका लागि ठूलो प्रश्न बनेको छ तर अमेरिकाका एक व्यक्तिले यो प्रश्नको जवाफ फेला पारेका छन् ।

वास्तवमा, उनले यस्तो पार्लर बनाएका छन् जहाँ मानिसहरू आएर आँसु बगाउन सक्छन् र आफ्नो रिस बाहिर निकाल्न सक्छन्।

अमेरिकाको न्युयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’ हो । यस पार्लरमा प्राइभेट क्राइ रुम बनाइएको छ, जहाँ रुने सुविधा उपलब्ध छ । यस कोठामा गएर एक व्यक्ति आफ्नो हृदयको सन्तुष्टि रून र आफ्नो मन हल्का गर्न सक्छ ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार यो अनौठो पार्लर गत वर्ष एन्थोनी विलोट्टी नामका व्यक्तिले सुरु गरेका थिए । एन्थोनीका अनुसार आजकल अधिकांश मानिस तनावको समस्यासँग जुधिरहेका छन् । कोही घरको समस्याले तनावग्रस्त हुन्छन् भने कोही अफिसको तनावबाट ग्रसित हुन्छन् । त्यसैगरी कतिपय मानिसहरु आफ्नो सम्बन्धका कारण तनावमा पनि हुन्छन् ।

यस्तो अवस्थामा उनीहरूलाई रुन मन लाग्छ किनभने वैज्ञानिकहरू पनि भन्छन् कि रोएर मुटुलाई हल्का बनाउँछ र तनाव कम गर्न मद्दत गर्छ। यही सोचेर एन्थोनीले यो पार्लर खोलेका थिए ।

उनको ‘सोब पार्लर’ मा तनावबाट पीडित मानिसहरु मात्र आउने गर्छन । र, विशेषगरी घर वा अफिसको तनावमा परेका वा नराम्रो सम्बन्धका कारण तनावमा परेकाहरु आउने उनको भनाइ छ ।

‘सोब पार्लर’को क्राइ रुममा आँखामा आँसु ल्याउने ऐना र तकियाजस्ता कुराहरू राखिएका छन् र साथसाथै यहाँ भावुक गीतहरू पनि सुन्न सकिन्छ । एन्थोनी भन्छन्, ‘यहाँ आएपछि कतिपयलाई १० मिनेट रोएर मात्र सान्त्वना मिल्छ भने केहीले अलि बढी समय लिने गर्छन् । सोब पार्लरको माहौल यस्तो छ कि रोए जस्तो पनि भैरहेको हुन्छ ।

Share This:

राजनिती समाचार

  • चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
  • आर्थिक वर्षको ९ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ लाख ४० हजार पुगेको छ ।
  • राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य र महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् ।
  • पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।

Share This:

सकारात्मक सोच

  • हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
  • एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
  • जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।
  • सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
  • जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
  • झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।
  • आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।
  • हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।
  • जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।
  • मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

Share This:

जीवनी (पृथ्वीनारायण शाह)

पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुष २७ गते बिहिबार गोरखा दरबारमा पिता नरभूपाल शाह आमा रानी कौसल्यावतीको कोखमा भएको थियो। शाहको हेरविचार महारानी चन्द्रप्रभावतीले गरेकी थिइन् र सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ।

उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसॅंग भएको थियो। गोरखा र मकवानपुरबीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेका थिएँ। सो समयमा गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएँन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिएँ। वि.सं. १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स–सम्मान लामो अवधिसम्म राखेका थिएँ। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई उनीसँग मितेरी लगाएका थिएँ।

पृथ्वीनारायण शाह र उनका दुई रानीको शालिक, यो शालिक नुवाकोट दरवारमा रहेको छ।उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हेमकर्ण सेन ले असमर्थता जनाएका थिएँ। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।
.
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिएँ। गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनैलाई कज्याईँ दिई मुख्यमन्त्री बनाएका थिएँ।

राजा हुनुअगावै उनले वि.सं.१७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिएँ। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.सं. १७९९ मा एक सन्धि गरेका थिई जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिएँ । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबिसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बूवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिएँ।

आक्रमणका क्रम
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराएका थिएँ तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु परेको थियो।

दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरेका थिएँ । यस पटक गोर्खाका १२–२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको सङ्ख्या १ हजार भन्दा माथि थियो। दलमर्दन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिएँ। वि.सं. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरेका थिएँ। किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिएँ।

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.सं. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि।स। १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिएँ। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिएँ। यो पराजयले गोर्खालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु

विदुर नगरपालिका वडा नं ५ द्वारा निर्मित स्तम्भ
वि.सं.१८३१ सन् (१७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परेका थिएँ। स्वास्थ्य झन्–झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भएको थियो। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो। इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिएँ। माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम मोहन तिर्थ वा देवीघाटमा उनको मृत्यु भएको थियो।

Share This:

हर्टअट्याक हुने कारण र जोगिने तरिकाहरु

हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ।

छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाब भएको महसुस हुने, छाती हल्का दुखिराख्ने। यी लक्षणसहित पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ। यस्ता लक्ष्यण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ। तल उल्लेखित कुनै पनि कारण तपाईंसँग मिल्दोजुल्दो छ भने हर्टअट्याकको जोखिममा हुनुहुन्छ।

हर्टअट्याक हुने ८ कारण
उच्च कोलेस्टेरोल

उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ। युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र धूमपान मानिन्छ।

धूमपान
धूमपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउँछ। जति धेरै पटक धूमपान गर्‍यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ। मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धूमपान अत्यन्तै खतरा मानिन्छ।

उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढी हुन्छ।

मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ। लामो समयदेखि मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ। मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।

मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।

वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।

अत्यधिक मदिरा सेवन
नियमित अत्यधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।

मानसिक तनाव
मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।

हर्टअट्याकबाट जोगिने तरिका
१. शरीरको तौल नियन्त्रण गर्ने।

२. सामान्यता अत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ। त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ। तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाइसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।

३. माछालाई हप्तामा कम्तीमा तीन पटकसम्म सेवन गरौँ। मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ। प्राकृतिक रुपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।

४. तनाव नियन्त्रण गरौं। किनभने तनावले आन्तरिक सूजनलाई बढाइदिन्छ। नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

५. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने।

६. महिलाले दिनमा एक ड्रिंक रेड वाइन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडीएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ।

७. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफु लगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ। खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।

८. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ। यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।

९. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।

१०. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।

Share This:

बच्चाहरूको लागि उत्कृष्ट संचार कौशल वृद्धि कसरी गर्ने ?

केही गर्ने प्रोत्साहन दिनुहोस् तर नरिसाउनुहोस्।
बच्चाहरूलाई नेता बन्न दिनुहोस्।
सामाजिक अन्तरक्रियाको लागि समय निकाल्नुहोस्।
सांस्कृतिक भिन्नताहरूको बारेमा कुरा गर्नुहोस्।
पालैपालो बोल्ने र सुन्ने गर्नुहोस् ।
सम्मानजनक शब्दावली सिकाउनुहोस् ।
प्रश्न सोध्नुहोस्र।
सँगै खेल्नुहोस्।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com