संघर्ष र सफलता

१. जसले हार्छ, उसले नै जित्नुको महतव थाहा पाउँछ ।
२. यदि ठूलो मान्छे बन्नु छ भने ठूलो खतरा पनि लिन सक्नु पर्छ ।
३. सहाराले मानिसलाई कमजोर बनाउँछ ।
४. हरेक समस्या लक्ष्य प्राप्त र्गाे एउटा अवसर हो ।
५. नराम्रो समयको एउटा राम्रो कुरा हुन्छ कि त्यो बितेर जान्छ ।
६. मौका शब्द जति छ,त्यति नै कम समयका लागि आउँछ ।
७. कुनै कुरालाई जति बुझ्ने प्रयास गरिन्छ, त्यति नै डर कम हुन्छ ।
८. मर्नको लागि जति सुकै कारण भए पनि बाँच्नका लागि एउटै कारण महत्वपूर्ण हुन्छ ।

Share This:

राजनिती समाचार

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा विकासका लागि बजेट मागिरहने तर, खर्च नगर्ने प्रवृत्तिमाथि प्रश्न उठएका छन् ।
  • राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
  • धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् ।

Share This:

स्वास्थ्य समाचार

  • खोटाङ सेवा समाज बेलायतले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ ।
  • लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ ।
  • विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् ।

Share This:

खेलकुद समाचार

  • प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो स्पष्टीकरण दिएका हुन् ।
  • वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी(२० अभ्यास खेल रद्द भएको छ ।
  • युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ ।
  • पुलिस क्लब भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

Share This:

आर्थिक समाचार

  • मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ
  • राजस्वअनुसन्धान विभागले अमेरिकन कम्पनी ुकोटिभिटी इंकु तथा उसको सब्सिडरी कम्पनी ुकोटिभिटी नेपाल प्रालिुविरुद्ध ५ अर्ब राजस्वछलीको मुद्दा दायर गर्ने तयारी गरेको छ ।
  • भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेको छ । आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनाए ।
  • पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले १० महिना बित्दासमेत राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ ।
  • साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार भएको छ ।

Share This:

Hotel K.R. 7

कुक – २ जना
वेटर – १० जना (केटा / केटी)
सम्पर्क नं. 9819005151
स्थानः धरान–१७, क्याम रोड

Share This:

अन्तराष्ट्रिय समाचार

  • रुसको राजधानी मस्कोमा सन् २००४ यताकै ठूलो सांघातिक हमला भएको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना युक्रेनले गराएको आरोप लगाएका थिए ।
  • अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ ।
  • आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ ।
  • रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् ।
  • अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ ।
  • भारतमा लोकसभा निर्वाचनको पूर्व संध्यामा कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज भएको छ ।रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् ।

Share This:

रहस्यमय चरा ‘उल्लु’

१. उल्लु रातको समयमा सक्रिय हुने चरा हो ।
२. यो यसको गोलो अनुहार तथा आँखाका कारण प्रसिद्ध छ ।
३. यसले धेरै कम उज्यालोमा पनि आँखा देख्न सक्छ ।
४. यसको कान निकै संवेदनशील हुन्छ ।
५. दक्षिण अफ्रिकामा उल्लु बोलेको मृत्युको संकेत मानिन्छ ।
६. ब्रिटेनमा उल्लु रोएको निकट भविष्यमा हुने दुर्घटनाको संकेत हो भन्ने मानिन्छ ।
७. ईरानमा उल्लु बोलेको शुभ मानिन्छ ।
८. टर्कीमा उल्लुको शब्द अशुभ तर सेतो उल्लुलाई शुभ मानिन्छ
९. क्यानडामा तीन रात सम्म उल्लु बोल्यो भने परिवारको सदस्यको मृत्यु हुन्छ भन्ने मानिन्छ ।
१०.यसको खुट्टामा बांगो नङ भएको चार वटा औला हुन्छ ।

Share This:

प्रेरक कथा (सुखी परिवारको रहस्य)

एक पटक दार्शनिक सुकरातले एक जना वृद्ध व्यक्तिलाई भेटे । ति वृद्धले उनलाई आफ्नो घरमा लिएर गए । उनको घरमा सबै सदस्यहरु मिलेर बसेका थिए । त्यो देखेर सुकरातलाई निकै खुल्दुली भयो । उनले वृद्धसँग उनको सुखी परिवारको रहस्य सोधे । वृद्धले भने ‘अब म केही गर्दिन, भगवानको कृपाले हाम्रो व्यवसाय राम्रै सँग चलीरहेको छ । मैले सबै कारोबार छोरालाई जिम्मा लगाई सके घर बुहारीहरुले चलाँउछन् । यसरी नै जीवन बिति रहेको छ ।’
सुकरातले फेरी भने ‘तर तपाई केही त गर्नुपर्छ होला नि ’ सुकरातको प्रश्न सुनेर वृद्ध मुस्कुराए र भने ‘मैले जीवनको यो मोडमा एउटै मत्र अपनाएको छु कि अरुको धेरै आशा गर्नुहुदैन । जे प्राप्त हुन्छ, त्यसैमा संतुष्ट हुनुपर्छ । म र मेरी श्रीमती आफ्नो पारिवारीक उत्तरदायित्व आफ्ना छोरा बुहारीलाई सुम्पेर संतुष्ट छौ । उनीहरुले जे अराउँछन् म गर्छु, उनीहरुले जे खान दिन्छन् म त्यही खान्छु , आफ्ना नाता नातिनीहरुसँग खेल्छु । छोराहरुले कुनै गल्ति गर्दा म चुप लागी रहन्छु ।

जब उनीहरु म सँग सल्लाह माग्छन् , म आफ्नो जीवनको अनुभव उनीहरुलाई सुनाउँछु । उनीहरुले मेरो सल्लाह कति मान्छन् , त्यो हेर्दिन । यदि उनीहरु फेरी म सँग, सल्लाह माग्न आउँछन् भने सल्लाह दिन्छु ।वृद्धको कुरा सुनेर सुकारातलाई निकै चित्त बुझ्यो ।

Share This:

व्यतित्व विकास

  • आफ्नो सोच ठूलो राख्नुहोस् ।
  • धैर्यशिल रहनुहोस् ।
  • सधै खुल्ला र सकारात्मक सोच राखौं ।
  • डरलाई सधैभरि जितौं ।
  • जीवनको लक्ष्य निर्धारण गरौ ।
  • सोच सकारात्मक, शब्दहरु मधुर, ह्रदय विशाल, कर्म उच्च र मुस्कान मिठो राखौं ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com