मनोरञ्जन समाचार

  • कोसी प्रदेशमा नेपाली चलचित्रको विकास गर्न सरकारले स्थानीय कर छुट दिनुपर्ने धारणा चलचित्रर्कीले राखेका छन् ।
  • सन् २०२१ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले सुकुमार निर्देशित ‘पुष्पा’बाट भारतको हिन्दीभाषी राज्यमा जबर्जस्त डेब्यु गरे । यो फिल्मले विश्व बक्स अफिसमै तहल्का मच्चायो ।
  • नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
  • बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको सम्पत्ति जफत गरिएको छ ।

Share This:

खेलकुद समाचार

  • डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • साबिक विजेता नेपालले दोस्रो एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी– २० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।
  • स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो ।
  • इन्डियन प्रिमियर लिग आईपीएल मा बिहीबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच खेल हुँदैछ ।

Share This:

संघर्ष र सफलता

  • बाटो जहाँ जान सक्छ त्यहाँ जानुहोस्, सडक नभएको ठाउँमा जानुहोस् र एक छाप छोड्नुहोस् ।
  • जोसँग सफल हुने आत्मविश्वास छ, उसैले सफलता प्राप्त गर्न सक्छ ।
  • परिक्षमा उही खरो साबित हुन्छ जसमा आत्मविश्वास छ ।
  • तिमी हिउँ जस्तो पवित्र र कञ्चनबन, तिमीले कसैको निन्दा बाट डराउनु पर्दैन ।
  • पश्चात्ताप हृदयको बिलौना हो र स्वच्छ जीवनको उदय पनि ।
  • जीविनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरुलाई तौलिने गर्नु हुन्छ त्यही तराजुले कहिले काहीँ आफैलाई तौलेर हेर्नु ।
  • नदी आफ्नो उद्गम स्थानमा सधै धेरै पवित्र हुन्छ ।
  • स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुक्ष्टि सबैभन्दा ठूलो सम्पत्ति हो र विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।
  • ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ । ज्ञान सिमित हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ ।
  • लक्ष्य लिएर अघि बढ्नुले सबै थोक बदलिदिन्छ ।

Share This:

चुट्किला (थप कपी)

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ।
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ।
दश मिनेटपछि त्यो छात्राले उठेरः सर…। थप कपी… दिनुहोशन ।

Share This:

स्व्स्थ्य समाचार

  • ‘ब्रेक बोन फिभर’ अर्थात् ‘डेंगु’ रोग प्रत्येक प्रकोपसँगै थप घातक बन्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
  • १६ देखि २९ वैशाखसम्म सञ्चालन हुने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत सर्लाहीमा आठ लाख बढी व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
  • राणाकालमै खुलेको नेपालको जेठो अस्पताल अहिले अस्तव्यस्त जस्तै बनेको छ । अस्पताल अस्तव्यस्त हुँदा सेवा खुम्चिएको छ भने बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

Share This:

अन्तराष्ट्रिय समाचार

  • छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ ।
  • अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ ।
  • इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ ।
  • युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
  • पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३।८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।
  • भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् ।

Share This:

आर्थिक समाचार

  • कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा नागरिकले सास्ती पाएका छन् ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
  • तातोपानी नाकाबाट मात्रै चालु वर्षको ९ महिनामा साढे तीन अर्बका विद्युतीय सवारीसाधन भित्रिए ।
  • गएको ९ महिनामा कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ सरकारी ऋण उठेको छ, जसमध्ये १ खर्ब ७६ अर्ब आन्तरिक र ६२ अर्ब ५४ करोड बाह्य ऋण हो ।

Share This:

रोचक जानकारी (अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ)

मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।

मान्छेको जिवनमा कहिले खुशी आउँदा खुशीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि मानिसहरु रुन चाहन्छन् तर अरुलाई देखाउन चाहदैनन् कि उनीहरु रुदैँछन् । अब यस्तो अवस्थामा के गर्ने ? यो उनीहरुका लागि ठूलो प्रश्न बनेको छ तर अमेरिकाका एक व्यक्तिले यो प्रश्नको जवाफ फेला पारेका छन् ।

वास्तवमा, उनले यस्तो पार्लर बनाएका छन् जहाँ मानिसहरू आएर आँसु बगाउन सक्छन् र आफ्नो रिस बाहिर निकाल्न सक्छन्।

अमेरिकाको न्युयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’ हो । यस पार्लरमा प्राइभेट क्राइ रुम बनाइएको छ, जहाँ रुने सुविधा उपलब्ध छ । यस कोठामा गएर एक व्यक्ति आफ्नो हृदयको सन्तुष्टि रून र आफ्नो मन हल्का गर्न सक्छ ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार यो अनौठो पार्लर गत वर्ष एन्थोनी विलोट्टी नामका व्यक्तिले सुरु गरेका थिए । एन्थोनीका अनुसार आजकल अधिकांश मानिस तनावको समस्यासँग जुधिरहेका छन् । कोही घरको समस्याले तनावग्रस्त हुन्छन् भने कोही अफिसको तनावबाट ग्रसित हुन्छन् । त्यसैगरी कतिपय मानिसहरु आफ्नो सम्बन्धका कारण तनावमा पनि हुन्छन् ।

यस्तो अवस्थामा उनीहरूलाई रुन मन लाग्छ किनभने वैज्ञानिकहरू पनि भन्छन् कि रोएर मुटुलाई हल्का बनाउँछ र तनाव कम गर्न मद्दत गर्छ। यही सोचेर एन्थोनीले यो पार्लर खोलेका थिए ।

उनको ‘सोब पार्लर’ मा तनावबाट पीडित मानिसहरु मात्र आउने गर्छन । र, विशेषगरी घर वा अफिसको तनावमा परेका वा नराम्रो सम्बन्धका कारण तनावमा परेकाहरु आउने उनको भनाइ छ ।

‘सोब पार्लर’को क्राइ रुममा आँखामा आँसु ल्याउने ऐना र तकियाजस्ता कुराहरू राखिएका छन् र साथसाथै यहाँ भावुक गीतहरू पनि सुन्न सकिन्छ । एन्थोनी भन्छन्, ‘यहाँ आएपछि कतिपयलाई १० मिनेट रोएर मात्र सान्त्वना मिल्छ भने केहीले अलि बढी समय लिने गर्छन् । सोब पार्लरको माहौल यस्तो छ कि रोए जस्तो पनि भैरहेको हुन्छ ।

Share This:

राजनिती समाचार

  • चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
  • आर्थिक वर्षको ९ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ लाख ४० हजार पुगेको छ ।
  • राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य र महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् ।
  • पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।

Share This:

सकारात्मक सोच

  • हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
  • एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
  • जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।
  • सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
  • जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
  • झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।
  • आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।
  • हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।
  • जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।
  • मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com