- शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
- क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस। यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
- मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ ?
- नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ। जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन ।
- परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ,किनकी संसारको नियम नै यस्तो छ कि –“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
- यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन‘
- जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ ।
- लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
- हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु ।
- देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
- जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
- असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
- बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
- सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
- सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
- सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
विश्व समाचार
- अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा रहेको बताएका छन् ।
- अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।
- इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताएका छन् ।
- भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको चुनाव आजदेखि हुँदै छ।
- भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्चपदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
राजनीतिक समाचार
- सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
- कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्रमा विश्वासको मत लिन प्रदेश सभाले निर्देशन दिएको छ ।
स्वस्थ्व समाचार
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने जनाएको छ।
- काठमाडौँ महानगरपालिकाको सहजीकरणमा दुई जना वेवारिसे, ३१ जना विपन्न सहित कुल ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् ।
- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् ।
- सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सकरात्मक ज्ञानमञ्च
- सकरात्मक ज्ञानमञ्च
- यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।
- जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।
- आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।
- बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।
- हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
- यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
- जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
- अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्ना बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
- त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
- एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
- हरेक ठुल्ठुला कुराहरु सुरुवातमा सानातिना नै हुने गर्छन ।
- सपना ठुलै देख्नु, असफलतालाई सहर्ष स्वीकार्नु ।
- अरुको व्यवहारले तपाई भित्रको शान्तिलाई बिथोल्न नदिनुस् ।
सुरक्षाका लागि बालबालिकालाई सिकाउनुपर्ने केही कुराहरु,
- आफ्नो नाम, ठेगाना, र फोन नम्बरहरू पढ्न र लेख्न सिकाउनुहोस् ।
- यदि तपाईं कसैसँग डराउनुहुन्छ भने, सुरक्षित ठाउँमा जानुहोस् ।
- यदि तपाईं कहिल्यै बजारमा हराउनुभयो भने, मद्दतको लागि नजिकको स्टोर क्लर्कलाई सोध्नुहोस् र त्यसपछि तपाईं फेला नपर्दासम्म तपाईं जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्।
- एक ठाउँबाट अर्को ठाउँमा हिँड्दा सर्टकटबाट टाढा रहनुहोस्।
- इन्टरनेटमा आउनु अघि सधैं आफ्नो आमाबाबुलाई अनुमतिको लागि सोध्नुहोस्।
- अरू कसैले तपाईंलाई गोप्य राख्ने र आफ्ना आमाबाबुलाई नभन्ने धम्की दिएर कहिल्यै नडराउनुहोस्।
आफ्नो वस्तु बिक्री गर्ने केही उपायहरु,
- आफ्नो वस्तु बारे पूरा जानकार हुनुहोस् ।
- अग्रिम योजना बनाउनुहोस् ।
- आफ्नो ग्राहकलाई अग्रिम जान्नुहोस् ।
- आशा गर्न कहिल्यै नरोक्नुहोस् ।
- तपाईंको सम्भावनाको भूमिका बुझ्नुहोस् ।
- अस्वीकृतिलाई अवसरको रूपमा बुझ्नुहोस् ।
- निरन्तर रहनुहोस् र निष्ठा राख्नुहोस्
आर्थिक समाचार
- नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकहरुको नाफामा देखिएको छ ।
- नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।
- अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।
- यो वर्षको ‘स्प्रिङ सिजन’ अर्थात् गत मध्यफागुनदेखि आगामी जेठ १८ गतेसम्म नेपालका हिमाल चढ्न ७८ वटा समूहले अनुमति लिएका छन् ।
खेलकुद समाचार
- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।
- एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो।
- इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १–० ले हराएपनि समग्रमा ३१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो।
- वीर गणेशमान सिंह राष्ट्रिय टी(ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ।
प्रेरक कथा (बुद्धिमानी निर्णय)
तेनालीराम राजा कृष्णदेवरायको राज्यमा एक प्रसिद्ध दरबारी जोस्टर थिए। उहाँ आफ्नो बुद्धि, हास्य र बुद्धिको लागि परिचित हुनुहुन्थ्यो। राजाले तेनालीरामको विचारको कदर गर्थे र अक्सर महत्त्वपूर्ण मामिलामा उनको सल्लाह खोज्थे।
एक दिन, राजाले एक कठिन निर्णयको सामना गर्यो। उनले आफ्नो राज्यको लागि नयाँ मुख्यमन्त्री छान्नुपर्यो, तर दुई उम्मेदवारको बीचमा उनी टुटे। पहिलो उम्मेदवार उच्च शिक्षित थियो र धेरै वर्षको अनुभव थियो, तर ऊ अहंकारी थियो र भ्रष्टको रूपमा प्रतिष्ठा थियो। दोस्रो उम्मेदवार कम शिक्षित थिए तर आफ्नो इमानदारी र निष्ठाको लागि परिचित थिए।
राजा अलमलमा परे र कसलाई छान्ने थाहा थिएन। उनले तेनालीरामलाई आफ्नो दरबारमा बोलाए र उनको राय सोधे। तेनालीरामले राजाको दुविधा सुने र एक क्षण सोचे। त्यसपछि राजासँग एक कचौरा दूध मागे।
राजा अचम्ममा परे तर तेनालीरामलाई दूधको कचौरा ल्याउन आदेश दिए। त्यसपछि तेनालीरामले दुई चम्चा चिनी लिएर एक दूधमा मिसाएर राम्ररी हलाए। त्यसपछि उसले यसको स्वाद चाख्यो र राजालाई पनि चाख्न भन्यो।
राजाले दूधको स्वाद चाखे र कति मीठो थियो भनेर छक्क परे। उनले तेनालीरामलाई यो कसरी गरे भनेर सोधे, र तेनालीरामले जवाफ दिए, ूमहाराज, दूधले दुई उम्मेदवारको प्रतिनिधित्व गर्दछ, र चिनीले उनीहरूको गुणको प्रतिनिधित्व गर्दछ। एक उम्मेदवार उच्च शिक्षित तर भ्रष्ट छ, जबकि अर्को कम शिक्षित तर इमानदार छ। मीठो चम्चा। चिनीले दोस्रो उम्मेद्वारको राम्रो गुणहरूलाई प्रतिनिधित्व गर्दछ, जसले उसको शिक्षाको कमीलाई सन्तुलनमा राख्न मद्दत गर्दछ।
तेनालीरामको बुद्धि र अन्तरदृष्टिबाट राजा प्रभावित भए। उनले दोस्रो उम्मेदवारलाई आफ्नो नयाँ मुख्यमन्त्रीको रूपमा रोजे, र उनी राज्यको लागि एक बुद्धिमान र न्यायी नेता साबित भए।