अन्तराष्ट्रिय समाचार

  • रुसको राजधानी मस्कोमा सन् २००४ यताकै ठूलो सांघातिक हमला भएको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना युक्रेनले गराएको आरोप लगाएका थिए ।
  • अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ ।
  • आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ ।
  • रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् ।
  • अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ ।
  • भारतमा लोकसभा निर्वाचनको पूर्व संध्यामा कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज भएको छ ।रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् ।

Share This:

रहस्यमय चरा ‘उल्लु’

१. उल्लु रातको समयमा सक्रिय हुने चरा हो ।
२. यो यसको गोलो अनुहार तथा आँखाका कारण प्रसिद्ध छ ।
३. यसले धेरै कम उज्यालोमा पनि आँखा देख्न सक्छ ।
४. यसको कान निकै संवेदनशील हुन्छ ।
५. दक्षिण अफ्रिकामा उल्लु बोलेको मृत्युको संकेत मानिन्छ ।
६. ब्रिटेनमा उल्लु रोएको निकट भविष्यमा हुने दुर्घटनाको संकेत हो भन्ने मानिन्छ ।
७. ईरानमा उल्लु बोलेको शुभ मानिन्छ ।
८. टर्कीमा उल्लुको शब्द अशुभ तर सेतो उल्लुलाई शुभ मानिन्छ
९. क्यानडामा तीन रात सम्म उल्लु बोल्यो भने परिवारको सदस्यको मृत्यु हुन्छ भन्ने मानिन्छ ।
१०.यसको खुट्टामा बांगो नङ भएको चार वटा औला हुन्छ ।

Share This:

प्रेरक कथा (सुखी परिवारको रहस्य)

एक पटक दार्शनिक सुकरातले एक जना वृद्ध व्यक्तिलाई भेटे । ति वृद्धले उनलाई आफ्नो घरमा लिएर गए । उनको घरमा सबै सदस्यहरु मिलेर बसेका थिए । त्यो देखेर सुकरातलाई निकै खुल्दुली भयो । उनले वृद्धसँग उनको सुखी परिवारको रहस्य सोधे । वृद्धले भने ‘अब म केही गर्दिन, भगवानको कृपाले हाम्रो व्यवसाय राम्रै सँग चलीरहेको छ । मैले सबै कारोबार छोरालाई जिम्मा लगाई सके घर बुहारीहरुले चलाँउछन् । यसरी नै जीवन बिति रहेको छ ।’
सुकरातले फेरी भने ‘तर तपाई केही त गर्नुपर्छ होला नि ’ सुकरातको प्रश्न सुनेर वृद्ध मुस्कुराए र भने ‘मैले जीवनको यो मोडमा एउटै मत्र अपनाएको छु कि अरुको धेरै आशा गर्नुहुदैन । जे प्राप्त हुन्छ, त्यसैमा संतुष्ट हुनुपर्छ । म र मेरी श्रीमती आफ्नो पारिवारीक उत्तरदायित्व आफ्ना छोरा बुहारीलाई सुम्पेर संतुष्ट छौ । उनीहरुले जे अराउँछन् म गर्छु, उनीहरुले जे खान दिन्छन् म त्यही खान्छु , आफ्ना नाता नातिनीहरुसँग खेल्छु । छोराहरुले कुनै गल्ति गर्दा म चुप लागी रहन्छु ।

जब उनीहरु म सँग सल्लाह माग्छन् , म आफ्नो जीवनको अनुभव उनीहरुलाई सुनाउँछु । उनीहरुले मेरो सल्लाह कति मान्छन् , त्यो हेर्दिन । यदि उनीहरु फेरी म सँग, सल्लाह माग्न आउँछन् भने सल्लाह दिन्छु ।वृद्धको कुरा सुनेर सुकारातलाई निकै चित्त बुझ्यो ।

Share This:

व्यतित्व विकास

  • आफ्नो सोच ठूलो राख्नुहोस् ।
  • धैर्यशिल रहनुहोस् ।
  • सधै खुल्ला र सकारात्मक सोच राखौं ।
  • डरलाई सधैभरि जितौं ।
  • जीवनको लक्ष्य निर्धारण गरौ ।
  • सोच सकारात्मक, शब्दहरु मधुर, ह्रदय विशाल, कर्म उच्च र मुस्कान मिठो राखौं ।

Share This:

चुट्किला

एक दिन राम र श्याम चोर्न गएछन् अनि दुइटैले एक अर्काको समान हेरेछन् ।
रामः यार मैले त सुन चादि हीरा आदि ल्याए तैले नि।
श्यामः मैले त यार १ बोरा हुलासको पिठो ल्याए ।
रामः थुक्क तेरो बुद्धी किन हुलासको पिठो ?
श्यामः हुलास भए अरु किन खोज्ने ।

Share This:

देश (टर्की)

१. तेर्‍हौ शताब्दी देखि सन् १९२२ सम्म टर्की ओटोमन तुर्कहरुको अधिकारमा रहयो ।
२. यस देशको आधिकारीक नाम तुर्किए कुम्हुरियती हो ।
३. यस देशको राजधानी अंकारा हो ।
४. यहाँको मुद्रालाई टर्किश लिरा भनिन्छ ।
५. यहाँको मुख्य धर्म मुस्लिम हो ।
६. यहाँको मुख्य बन्दगाहहरु इस्तांबुल, इजमीर सेमसन, ट्रे बजोन, इ स्केन्डर्न हुन् ।
७. यहाँको मुख्य ठूला शहरहरु अंकारा, इस्ताबुल, सैमसन हुन् ।

Share This:

सकारात्मक ज्ञान

  • अमेरिकनहरुलाई याकीज पनि भनिन्छ ।
  • पेट्रोलियमलाई द्रव्य स्वर्ग भनिन्छ ।
  • पेसमेकरले मुटुको धड्कनलाई नियन्त्रित गर्छ ।
  • हिँउ र वर्षाको मिश्रणलाई स्लीट भनिन्छ ।
  • ग्रेफाइट यस्तो अधातु हो,जुन विद्युतको सुचालक हो
  • २३ सेप्टेम्बरको नामको माछाको ३ वटा हृदय हुन्छ र त्यसको रगतको रग निलो हुन्छ ।
  • मानिसको ३२ वटा दाँत हुन्छ भने भालुको ४२ वटा दाँत हुन्छ ।
  • अस्ट्रिचको आँखा उसको मस्तिक भन्दा ठूलो हुन्छ ।
  • कागती अमिलो भए पनि यसमा स्ट्रोबेरीमा भन्दा बढी चिनी हुन्छ ।
  • यस संसारमा सबैभन्दा बढी जनसंख्या एशिया महादेशमा ६० छ भने अमेरिकामा सबैभन्दा कम ५%छ ।
  • संसारमा ईसाई धर्म मान्ने ३३%,मुस्लिम धर्म २२%,हिन्दु %१४,बौद्ध ७%,अन्य धर्महरु १२% र नास्तिक १२% छन् ।

Share This:

Windows keyboard shortcuts

  • Copy: Ctrl + C.
  • Cut: Ctrl + X.
  • Paste: Ctrl + V.
  • Maximize Window: F11 or Windows logo key + Up arrow.
  • Open Task View: Windows logo key + Tab.
  • Display and hide the desktop: Windows logo key + D.
  • Switch between open apps: Alt + Tab.
  • Open the Quick Link menu: Windows logo key + X.

Share This:

मधुमेह नियन्त्रण गर्न उपायहरुहरू

  • रक्त सञ्चारको चेकजाँच गर्नुहोस्
  • रक्तचाप, र कोलेस्ट्रोल नियन्त्रण गर्नुहोस्
  • तनावलाई कम गर्नूहोस्
  • धुम्रपान सेवन नगर्नुहोस्।
  • डाक्टरसँग बेलाबेला चेकजाच गराउनुहोस्
  • तौल नियन्त्रण गर्नुहोस्
  • व्ययाम अनिवार्य गनुहोस्

Share This:

स्वस्थ मिर्गौलाका लागि उचित आदतहरु

  • सँधै सक्रिय रहनुहोस्
  • सहि मात्रामा पानी पिउनुहोस्
  • स्वस्थ खाना खानुहोस्
  • समय समयमा परिक्षण गनुहोस्

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com