विश्व समाचार

  • मंगलबारदेखि भारी वर्षाका कारण दुबई डुबानमा परेको छ ।
  • इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ ।
  • श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० जना कैदीबन्दीलाई आममाफी दिएका छन् ।
  • अमेरिकी अन्तरिक्ष संस्था ९नासा०ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू ९सेम्पल० फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो ।

Share This:

स्वस्थ समाचार

  • काठमाडौं महानगरपालिका (कामपा) ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।
  • सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ
  • फेसियल हाउसले चितवनको भरतपुरस्थित सिजि ल्याण्डमार्कमा शाखा सञ्चालनमा ल्याएको छ ।

Share This:

आर्थिक समाचार

  • गिरीबन्धु टी स्टेटका श्रमिकले ६५ दिनदेखि पारिश्रमिक पाएका छैनन् । दैनिक ज्यालामा काम गर्ने श्रमिक लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्यामा परेका छन् । उनीहरु भोकभोकैको अवस्थामा पुगेका छन् ।
  • नेपालमा बर्सेनि रासायनिक मलमा हुने खर्च बढ्दो छ । नौ वर्षमा ९३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम रासायनिक मलका लागि खर्च भएको छ ।
  • बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् ।

Share This:

नानीहरुलाई अनुशासित राख्ने उपयोगी तरिका

  • नानीहरुको जिद्धीपनालाई बेवास्ता नगर्नूहोस्
  • प्रतिक्रिया नदिनुहोस्
  • उनीहरुलाई मन परेको वस्तु लिनुहोस्
  • गल्तीको परिमाण उनीहरु स्वयमलाई भोग्न दिनुहोस्
  • नानीहरु प्रति आफ्नो व्यवहार परिवर्तन गर्नुहोस्
  • उनीहरुलाई विकल्प दिनुहोस्
  • नानीहरुलाई काम दिनुहोस्
  • उदाहरण दिएर सम्झाउनुहोस्
  • आफ्नो बच्चाको नक्कल गर्नुहोस्

Share This:

कहिले ढल्छ पिसाको ढल्केको धरहरा ? यस्तो छ रोचक कथा

इटालीमा रहेको पिसाको ढल्केको धरहरा पर्यटनको केन्द्र हो । उक्त ढल्केको धरहरा हेर्नका लागि बर्सेनि लाखौं मानिस त्यहाँ पुग्दछन् । त्यो विचित्र धरहरा वास्तवमै रहस्यले भरिएको छ । सदियौंदेखि त्यो धरहरा त्यसरी नै ढल्केको छ ।

तर गुरुत्वबलको विज्ञान तथा सामान्य नियमलाई समेत चुनौती दिंदै यो धरहरा कहिलेसम्म यसरी नै ढल्किएर रहला ? यो धरहराको भविष्य के हो ? के यो ढल्न लागेको हो ? यदि हो भने कहिले ढल्ला ? के वैज्ञानिकहरूले यसको मजबूती र अवस्थाको सही आँकलन गर्न सकेका छन् ?

इतिहास अनुसार पियाजा डेल डुओमी अर्थात् क्याथेड्रल स्क्वाएरमा बेल टावरको निर्माण सन् ११७३ मा सुरु भएको थियो । करिब दुई शताब्दीसम्म त्यसको निर्माणकार्य चलिरह्यो । किनकि यस क्रममा विभिन्न युद्धहरू भए ।

जब अवस्था केही शान्त भयो यसका निर्माणकर्ताले देखे कि भवनको सुरुवाती हिस्सा दक्षिणी दिशातर्फ झुकेको थियो । तर यसमा भवन बनाउनेको दोष थिएन । सबै दोष उक्त टावरको तल रहेको कमजोर तथा लचिलो माटोको थियो ।

बेलायतमा युनिभर्सिटी अफ ब्रिस्टलमा सिभिल इन्जिरियरिङ विभागका म्यारी क्यूरी रिसर्च फेलो ग्याब्रियल फियोरेन्टिनीका अनुसार उक्त धरहराको निर्माण कार्य रोक्नुको साटो त्यसबेला निर्माणकर्ताहरू अलिक रचनात्मक बने ।

माथिल्ला हरेक तल्लाहरूलाई थोरै थोरै एंगल दिएर ठीक पार्ने प्रयास गर्दै गए । तर यस्तो आइडियाले पनि काम गरेन । धरहरा झुकिनै रह्यो, केराको थामजस्तै ।

पिसाको ढल्केको धरहरा १३७० को आसपासमा बनेर तयार भएको हो । यसको झुकाव १.६ डिग्री रहेको छ । भित्रतर्फ चाहिं खाली सिलिन्डर जस्तै । आठ तल्ला निर्माण भैसकेको थियो र कुल १९६ फिच अग्लो टावर तयार भएको थियो । त्यसमा ढुंगा तथा कंक्रिकटसँगै मार्वलको पत्र र भल्ट प्रयोग भएको छ ।

सन् १९९० सम्म यो ५.५ डिग्रीको कोणमा ढल्किसकेको थियो । यसको झुकाइको दर निकै बढेसँगै इटाली सरकारले यो धरहरा बचाउने अभियान सुरु गर्‍यो ।

सरकारको योजना चाहिँ पर्यटकलाई नरोकी र तोडफोड नगरी यो धरहरा बचाउनु थियो । सन् १९९३ मा इन्जिनियरहरूले यो धरहराको उत्तरतर्फको जगमा ६ सय टन सिसा कोचिदिए । त्यसपछि ३ सय टन थप सिसा हालियो र ग्राउण्ड एंकर्स पनि लगाइयो ।

त्योसँगै जगको भित्रबाट उत्खनन सुरु गरियो र त्यहाँबाट कमजोर माटोलाई बाहिर निकालियो । त्यसो गर्दा धरहरा दक्षिणबाट उत्तरतर्फ ढल्कियो र उत्तरमा १० डिग्रीको कोणमा झुकाइयो । यसो गरिसकेपछि अब टावर दक्षिणतर्फ झुक्यो भने पनि दक्षिणमा ५ डिग्रीसम्म झुक्नका लागि निकै लामो समय लाग्नेछ ।

यसबाट धरहराको आयू २ सय वर्ष लम्बिएको बताइएको छ । तर यो पनि अस्थायी बन्दोबस्त मात्रै हो । आगामी ३ सय वर्षसम्म पिसाको ढल्केको धरहरा रहला नरहला त्यो कसैले भन्न नसक्ने अनुसन्धानकर्ता ग्याब्रिएल बताउँछन् । यो सन् १९९० मा जस्तै पुनः दक्षिणतर्फ ५।५ डिग्रीमा झुक्न सक्दछ । त

र त्यसबेला सम्म भने यो धरहरा सुरक्षित छ । लामो समयसम्म त्यहाँ कुनै युद्ध नभएको हुँदा माटोमा ठूलो कम्पन नभएको र त्यसले यसको जगलाई सन्तुलित बनाउन सहयोग गरेको शोधकर्ताको भनाइ छ ।

धरहराको जग बाँकी धरहराभन्दा निकै मोटो छ । त्यसैले यसको वजनको केन्द्र जमिनभन्दा तल हुन आउँछ । लचिलो माटोले यो टावरलाई भूकम्पको कम्पनबाट जोगाउने गरेको वैज्ञानिक बताउँछन् ।

इतिहासकारहरूका अनुसार रोमन साम्राज्यका बेला रोमनहरूले यो धरहरा आफ्नो देशको पहिचान बनोस् भनेर बनाएका थिए । उनीहरूको त्यो कामना पूरा पनि भएको छ । पिसाको झुकेको धरहरा अहिले पनि विश्वका आश्चर्यजनक संरचनाको रुपमा रहेको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ , तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।
  • जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।
  • लड्नु छ भने आफ्नै कमजारी संग लड, अरु संग होइन, किनकि सफलता आफै माथि गरिने प्रयासले मिल्ने हो, अरुको हारले होइन ।
  • कुनै पनि गल्ती मान्छले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा भनेर बुझ्नु ।
  • एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पूरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु।
  • जसरी रातले चन्द्रमालाई चम्चिन सिकाउछ, त्यसैगरी दुख र संघर्ष मान्छेलाई बुझ्न सिकाउछ ।
  • सधै त्यो मान्छेहरु संग नबस जसले तिमीलाई खुसी पार्ने गर्छन कहिले काही ति मान्छेहरु संग पनि बस जसले तिमीलाई पाएर खुशी हुने गर्छ ।
  • आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ ।
  • सफलतामा ताली बजाउने हजारौं हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।

Share This:

चुटकिला

राजु ः डाक्टर साहब हाम्रो नानीले घरको चाबी निल्यो।
डाक्टर ः कहिले निल्यो ?
राजु ः ३ महिना भयो ।
डाक्टर ः तपाईहरु ३ महिना देखि के गदै हुनुहुन्थ्यो ?
राजु ः डुप्लीकेट चाबीले काम चलाउँदै थियौ ।

Share This:

प्रेरक कथा (असन्तोष)

  • प्र्राचिन कालमा एक राजा थिए । उनले गरिब दुःखीलाई दान दिने एक नियम बनाएका थिए कि अनेकौ माग्नेहरुलाई दान दिएर मात्र उनी भोजन ग्रहण गर्थे । एक दिन एका विहानै एउटा सन्यासी आफ्नो सानो कमण्डलु लिएर राजाको ढोकामा आएर उभियो र राजासँग भन्यो
  • ‘महाराज संभव छ भने मेरो यस कमण्डलुमा केही हालीदिनुु होस् ।’ सन्यासीको अनुरोध पछि राजाले आफ्ना दासहरुलाई सन्यासीको कमण्डलु सुनको सिक्काले भरिदिन भने । जसै सुनको सिक्काहरु कमण्डलुमा हालियो । त्यो गायब भएर गयो । यस्तो बारम्बार भयो । राजाको सम्पूर्ण भण्डार रितियो । अन्त्यमा राजाले हार मानेर सन्यासी छेउ बिन्ति गरे । ‘मलाई क्षमा गर्नुहोस्, मलाई लागेको थियो कि मेरो दरबारबाट कोही पनि खालि हात फर्किने छैन । अब मलाई यस कमण्डलुको रहस्य बताउनुहोस्, यो किन भरिदैन ?’ सन्यासीले भने ‘यो कमण्डलु मानिसको हृदय जस्तै हो । यस संसारको कुनै पनि वस्तुले मानिसको हृदय भर्न सक्दैन । मानिसको जतिसुकै नाम, यश, शक्ति, धन, सौन्दर्य र सु्ख प्राप्त गरे पनि सँधै अतिक्ति माग गरिरहेको हुन्छ । केवल इश्वरीय प्रेमले मात्र भर्न सक्छ

Share This:

नियमित व्यायामका शीर्ष फाइदाहरू

  • व्यायामले तपाईंलाई खुसी महसुस गराउन सक्छ
  • व्यायामले वजन व्यवस्थापनमा मद्दत गर्न सक्छ
  • व्यायाम तपाईंको मांसपेशी र हड्डी को लागी राम्रो छ
  • व्यायामले तपाईंको ऊर्जा स्तर बढाउन सक्छ
  • व्यायामले तपाईंको दीर्घकालीन रोगको जोखिम कम गर्न सक्छ
  • व्यायामले छालाको स्वास्थ्यलाई मद्दत गर्न सक्छ
  • व्यायामले तपाईंको मस्तिष्क स्वास्थ्य र मेमोरीलाई मद्दत गर्न सक्छ
  • व्यायामले आराम र निद्राको गुणस्तरमा मद्दत गर्न सक्छ
  • व्यायामले दुखाइ कम गर्न सक्छ

Share This:

स्वस्थ मानिसले दैनिक कति पानी पिउँने ?

कति पानी पिउने भन्दा पनि तपाईँको शरीरले दैनिक कति पिसाव बनाउनु पर्छ भन्ने महत्वपूर्ण हो ।

यसलाई सजिलो गरी बुझ्न एउटा सानो उदाहरण लिऔँ है त, जस्तै बिराटनगरमा कुनै एक मान्छे खेतमा काम गरेको छ भने उसले धेरै पानी त पसिनाबाट नै जान्छ । त्यसैले उसको पिसाव त एकदमै कम मात्रामा हुन्छ । पानीको मात्रा कम भयो भने त्यहाँको सोलुडमा क्रिस्टलाइजेशन सुरु हुन्छ । त्यसैले सोलुडलाई क्रिस्टलाइजेशन नहुनका लागि पिसावको पीएच मेन्टेन हुनुपर्छ । त्यसको साथै डाइलुसन पनि हुनु जरुरी छ ।

तपाईँको मेटाबोलिजम छ युरिक एसिड पनि फाल्नु भएको छ तर तपाईँको पानीले त्यसमा डाइलुट भयो भने त्यसले क्रिस्टलाइजेसन हुँन दिदैन । यसले मिर्गौलामा पत्थरी हुने सम्भावना पनि कम गराईदिन्छ ।

एउटा स्वस्थ मानिसले एक दिनमा डेढ देखि दुई लिटर पिसाव फेर्नु पर्दछ ।

त्यति पिसाव फेर्नका लागि विराटनगरको खेतमा काम गर्ने व्यक्तिले खाने पानीको मात्रा, काठमाडौँमा कोठा भित्र बसेर काम गर्ने व्यक्तिले खाने पानीको मात्रा वा हिमालको चिसो ठाँउमा रहने व्यक्तिले खाने पानीको मात्रा फरक फरक पर्न सक्छ । तराईँमा काम गर्नेले १५ लिटर खानुपर्ला । घर भित्र बस्नेले ५ सात लिटर खाए होला वा हिमालमा बस्नेले डेढ दुई लिटरले नै काम चल्न सक्छ ।

पानी पुगेको छ कि छैन भनेर पिसावबाट पनि थाहा पाउन सकिन्छ ?
हो,  हाम्रो शरीरमा पानी पुगेको छ कि छैन भनेर पिसावबाट पनि थाहा पाउन सकिन्छ ।

त्यसका लागि सबैभन्दा सजिलो तरिका तपाईँले फेरेको पिसावको रंग हेर्ने हो । तपाईँले फेर्ने पिसावको रंग खानेपानी जस्तो हुनुपर्छ । त्यति भयो भने तपाईँको डायलुसन ठिक छ भन्ने हो ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com