स्वस्थ्य समाचार

  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ ।
  • पर्साको बिन्दवासिनी गाउँपालिका ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • सुरू गर्ने तरीका भनेको कुरा गर्न छोड्नु र गर्न थाल्नु हो ।
  • कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन् ।
  • यस जीवनमा हामी ठूला कामहरू गर्न सक्दैनौं । हामी केवल ठूलो प्रेमको साथ साना कुराहरु गर्न सक्छौं ।
  • यदि तपाईं साँच्चिकै नजिकबाट हेर्नुभयो भने, धेरैजसो सफलताहरू धेरै समय लिन्छ ।
  • यो जीवन कठिन छ, तर यो झन गाह्रो छ यदि तपाईं मर्ख हुनुहुन्छ भने, ।
  • जबसम्म हामीले आफु भित्रै सन्तुष्टि खोज्न सक्दैनौ, अरु ठाउमा खोज्नु व्यर्थ हुन्छ ।
  • बिश्व ईतिहासका पानाहरु पल्टाउदै हेर्ने हो भने मूर्ख भनिएका ब्यक्तिहरुले संसार बदल्ने गरेको देखिन्छ ।
  • सकारात्मक हुनु होस् , नकारात्मकताले तँपाईलाई कहिल्यै अगाडी लैजाँदैन ।

Share This:

आर्थिक समाचार

  • लुम्बिनी प्रदेश सरकारमा पुँजी बजेट खर्च सुस्त भएको पाइएको छ । सरकारको परिवर्तन, तथा कर्मचारीका कारणले खर्च कमजोर भएको बताइएको छ ।
  • लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ ।
  • लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ ।
  • आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Share This:

सहज तरिकाले बच्चा हुर्काउन मनोवैज्ञानिकका पाँच सुझावहरु

  • तपाईँले आफ्नो सीमा निर्धारण गर्नुस्,
  • बच्चाको सबैखाले मनस्थिति स्वीकार्नुहोस्
  • बच्चाका लागि आफुलाई ऐना सम्झनुहोस्
  • सबै व्यवहार सम्वाद हो, सम्झनुहोस्
  • बच्चा कुनै योजना अथवा काम होइन

Share This:

राजनीति समाचार

  • काठमाण्डूमा आयोजित दुई दिने लगानी सम्मेलनमा त्यस्ता प्रतिबद्धताहरू जनाइएको उनीहरूको भनाइ छ। अर्थमन्त्री वर्षमान पुनले सम्मेलन भव्य रूपमा सफल भएको र लगानीकर्ता एवं साझेदारहरूको उपस्थितिले आफूहरू उत्साहित बनेकोबताएका छन्।
  • मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।
  • इलाम–२ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफूलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको उपनिर्वाचनमा मतदाताले घण्टी बजाइदिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

Share This:

चुट्किला (गलत संगतको असर)

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

Share This:

रोचक जानकारी (पैसा जोगाउन हवाईजहाज चढेर स्कुल जान्छन् एक विद्यार्थी)

एकजना विद्यार्थी पैसा जोगाउन हवाईजहाजमा स्कुल आउजाउ गर्छन भन्ने सुन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो ।

क्यानडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्दछन् । तपाईँलाई लाग्न सक्छ दैनिक रुपमा जहाजको भाडा खर्च हुँदा पनि कसरी पो पैसा बचत होला र रु तर ती विद्यार्थीको हरहिसाब भने अलग्गै छ । उनी ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा पढ्छन् ।

उनले विश्वविद्यालयमा हप्तामा दुईवटा कक्षा लिनुपर्छ । जसका लागि उनी आफ्नो घरबाट कलेजमा आउँदा जहाजमा यात्रा गर्दछन्। उनको नाम टिम चेन हो । उनी क्यालगरीमा बस्छन् भने उनको कलेज भ्यानकुभरमा छ । भ्यानकुभरमा कोठाको भाडादर निकै महँगो छ । त्यसैले महिनाको ८ दिनको कक्षाका लागि कोठा भाडामा लिएर भ्यानकुभरमा बस्नुभन्दा घरबाटै हवाईजहाजमा आउजाउ गर्नु उनलाई सस्तो पर्दछ ।

उनका अनुसार जहाजमा घर र कलेजबीच आउजाउ गर्दा एक पटकमा डेढसय डलर खर्च हुन्छ । यसो गर्दा उनको मासिक जहाज भाडाबापत १२ सय डलर खर्च हुन्छ । जबकि भ्यानकुभरमा बेडरुमवाला अपार्टमेन्टको भाडा नै मासिक २१ सय डलर पर्छ ।

Share This:

सफलताको लागि व्यक्तित्व विकास

  • व्यक्तित्व निखार्ने माध्यमहरु
  • ड्रेस सेन्स हुनु आवश्यक
  • सालिन र सुन्दर मेकअप हुनुपर्छ
  • बडी ल्याङ्वेजका कुरा

Share This:

हृदयघातको जोखिम निम्त्याउने ९ कारणहरु

  • सुर्तीजन्य पदार्थको सेवन
  • उच्च रक्तचाप
  • मधुमेह
  • उच्च कोलेस्टोरल
  • मानसिक तनाव
  • बढ्दो उमेर
  • मोटोपना
  • निष्क्रिय जीवनशैली
  • वंशाणुगत समस्या

Share This:

विन्डोज पीसी चाँडो खोल्ने ३ तरिका

कहिलेकाहीँ कम्प्युटरमा तुरुन्तै काम सक्नुपर्ने हुन्छ । ठीक त्यही बेला स्टार्ट हुन समय लागिदिन्छ । यस्तो समस्या नयाँमा नदेखिए पनि अलि पुराना र प्रोसेसर क्षमता कम भएका कम्प्युटरमा बढी देखिन्छ

  • स्टार्टअप एप डिसेबल गर्नु
  • एचडीडीबाट एसएसडी अपग्रेड गर्ने
  • कम्प्युटरलाई हाइबरनेट वा स्लिप मोडमा राख्ने

 

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com