जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

  • उनले युरोपियन च्याम्पियनसिप २०२४ आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका हुन् ।
  • जिरुडले फ्रान्सका लागि १३१ खेल खेल्दै ५७ गोल गरेका छन् । उनी फ्रान्सका उच्च गोलकर्ताको सूचीमा छन् ।
  • २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी टिमको सदस्य थिए । जिरुडले कतार विश्वकप २०२२ मा ४ गोल गरेका थिए । २०२२ को विश्वकपमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
  • २०२४ युरो पश्चात भने जिरुड अमेरिकी शीर्ष डिभिजन लिग क्लब लस एन्जल्स एफसीमा जान सहमत भएका छन् । ३७ वर्षीय जिरुडले क्लबसँग १८ महिनाको लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com