- नेपाली ब्रान्ड एमडब्लूसी माेबाइल वर्ल्ड क्यापिटलले बजारमा तीन नयाँ हेडफोन आएको छ ।
- यसअन्तर्गत गेमिङ हेडसेट एमएजजी २९ (MHG29) , फिरो (Firo MH01B), बिस्ट प्रो एएनसी (Beast Pro ANC) रहेका छन् ।
- यो हेडफोन हेर्दा नै गेमरका लागि लक्षित गरी बनेकाे देखिन्छ ।
- कलर लाइटिङले गर्दा हेडफोनकाे लुक्स अझ राम्रो देखाएको महसुस हुन्छ । बजारमा यसको मूल्य तीन हजार ९९९ रुपैयाँ कायम गरिएको छ । सार्वजनिक गर्दा पहिलो ५० ग्राहकले ४० प्रतिशत छुट पाउने भएकाले दुई हजार ३०० रुपैँयामा खरिद गर्ने अवसर छ ।
- त्यसैगरी बाँकी ग्राहकले भने ३० प्रतिशत छुट सहित दुई हजार ७०० रुपैयाँ तिरेर यो हेडफोन खरिद गर्न सक्नेछन् ।
नेपाली ब्राण्ड MWC का ३ नयाँ हेडफोन सार्वजनिक भयो