मेक्सिकोको विजयी सुरुआत

  • मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।
  • समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १-० ले हरायो ।
  • मेक्सिकोका लागि जेरार्डो अर्टेटाले ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।
  • जित हात पारेपनि मेक्सिकोका कप्तान एडसन अल्भारेज भने घाइते हुँदै मैदान बाहिरिएका थिए । ह्याम्सट्रिङ समस्याका कारण उनी ३०औं मिनेटमा मैदान बाहिरिएका थिए । जितपछि मेक्सिकोले समूह बी मा ३ अंक जोडेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com