विद्यालय जानेबेला चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

  • कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए ।
  • उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
  • गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com