सफल भनाईहरु

  • जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ। स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ
  • दुःख भन्ने चिज सबैलाई पर्छ, तर जो दुःखमा पनि मन सम्हालेर खुसि हुन खोज्छ,सक्छ त्यो जिन्दगिमा कहिलै दुःखि हुनु पर्दैन ।
  • समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ ।
  • जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ।
  • खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन।
  • आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन ।
  • मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्। बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई
  • तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन ।
  • मिहिनेत सिढी जस्तै हुन्छ …अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाईको तर्फ लैजान्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com