आईफोनमा ब्राउजरका विभिन्न विकल्प छन् । तर धेरै प्रयोगकर्ताले कि त क्रोम चलाउँछन् या त सफारी । अहिले ब्राउजरलाई नै लिएर एप्पल र गुगलको सम्बन्धमा दरार आएको बताइन्छ ।
एप्पलले हालै सार्वजनिक गरेको नयाँ विज्ञापनले यस कुरालाई पुष्टि गर्न बल पुग्छ । विज्ञापनमा अन्य ब्राउजर चलाउँदा निगरानी हुने, तर सफारी चलाउँदा पूर्ण गोप्य हुने आईफोनले देखाएको छ । यस विज्ञापनमार्फत एप्पलले अप्रत्यक्ष रूपमा आफ्ना करिब डेढ अर्ब आईफोन प्रयोगकर्तालाई क्रोम प्रयोग नगर्न आग्रह गरेको छ ।