आर्थिक समाचार

  • साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।
  • व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा,
  • भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।
  • जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।
  • स्पोर्ट्स वेयर जाइन्ट एडिडासले ३० बर्षमा पहिलो पटक घाटा बेहोरेको छ ।
  • ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

Share This:

प्रेरक कथा (समय बर्बाद)

मानिसहरू एक बुद्धिमान व्यक्तिलाई भेट्न आउँछन् र उही समस्याहरू बारम्बार गुनासो गर्छन्। एक दिन, उहाँले तिनीहरूलाई एउटा ठट्टा सुनाउने निर्णय गर्नुभयो र तिनीहरू सबै हाँसे।
केही मिनेट पछि, उहाँले तिनीहरूलाई उही मजाक भन्नुभयो र तिनीहरूमध्ये केही मात्र हाँसे।
त्यसपछि उसले तेस्रो पटक त्यही मजाक भने, तर कोही हाँसेनन्, हाँसेनन् ।
ज्ञानी मानिसले मुस्कुराउदै भने, ‘एउटै ठट्टामा बारम्बार हाँस्न सकिँदैन । त्यसोभए किन सधैं एउटै समस्याको बारेमा रोइरहन्छौ?

Share This:

सकारात्मक ञानमञ्च

  • नाम एक दिनमा बन्दैन तर एक दिन अवश्य बन्छ।
  • तपाईंले आफूलाई परिवर्तन नगरेसम्म आफूले गरेको कुनै पनि कुरालाई परिवर्तन गर्ने प्रयासको कुनै अर्थ छैन।
  • जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा सहयोग र समर्थन हो, र साँचो साथीले मात्र यसलाई सबैभन्दा राम्रो प्रदान गर्न सक्छन्।”
  • खुशी बाँड्दा बढ्छ, र सहनेले दुख घट्छ।
  • जिन्दगीमा राम्रो र नराम्रो दुबै हुन्छ, तर दुखलाई नजिक र खुशीलाई टाढा राख्ने तरिका हामीले सिक्नुपर्छ।
  • जबसम्म हामीले भित्रको शत्रुलाई परास्त गर्दैनौं, हामीले हाम्रा बाह्य शत्रुहरूलाई जित्ने प्रयास गर्नु आवश्यक छैन।
  • विश्वास गर्नुहोस् कि खुशीको सबैभन्दा राम्रो स्रोत तपाईको आफ्नै मन हो।
  • जब तपाइँको विश्वास हराउछ, तपाइँ सबै कुरा गुमाउनुहुन्छ।
  • कहिलेकाहीँ जीवन राम्रो मुस्कानले परिवर्तन हुन्छ।
  • हार्नु राम्रो कुरा होइन, तर जित्नको लागि तयार हुनु धेरै राम्रो कुरा हो।
  • सबैभन्दा राम्रो जीवन उसैको हो जो सबैभन्दा दुखी छ, किनकि उ सबैभन्दा खुसी हुन सक्छ।

Share This:

राजनीतिक समाचार

  • जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् ।
  • नख्खु निवासी सृजना महर्जन लखनखेलस्थित मञ्जुश्री विद्यालयको प्रांगणमा एक नबज्दै पुगिसकेकी थिइन्।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई सातापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ।
  • सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ।

Share This:

चुट्किला

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चाः–यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चाः– तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चाः– तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

Share This:

रोचक जानकारी (संसारको एक्लो हनुमान मन्दिर, जहाँ स्त्रीको रूपमा पूजा गरिन्छ)

यो हनुमान जी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ । यस स्थानमा १६ वटा श्रृंगार गरेर हनुमान जीको नारीको रुपमा पूजा गरिन्छ । अब सोह्र श्रृंगार गरेर हनुमान जीको पूजा किन गरिन्छ भन्ने कुरा सोच्न लायक छ । साथै, यसको पछाडि के विश्वास छ ? विस्तृतमा बुझ्नुहोस् ।

हनुमानजीको यो मन्दिर छत्तीसगढको बिलासपुरबाट २५ किलोमिटर टाढा रहेको छ । यो मन्दिर संसारको एक मात्र यस्तो मन्दिर हो, जहाँ हनुमानजीलाई महिलाको रुपमा पूजा गरिन्छ । यहाँ हनुमानजीको मूर्तिलाई पनि सोह्रवटा श्रृंगार चढाइन्छ ।

पौराणिक मान्यताका अनुसार यो गिरजाबन्धमा अवस्थित भगवान हनुमानको अवतार थियो । हनुमानजी हरेक दिन द्वारकापुरीबाट यहाँ डुंगा बनाउन आउने गरेको जनविश्वास छ । स्थानीय बासिन्दाका अनुसार हनुमानजीको मन्दिरमा दर्शन गर्न स्वदेश मात्रै नभएर विदेशबाट समेत मानिसहरु आउने गर्दछन् ।

साँचो मन र भक्तिले मनोकामना ल्याएमा मनोकामना अवश्य पूरा हुने जनविश्वास रहेको छ । साथै, त्यस्ता भक्तलाइ हनुमानजीको आशीर्वाद पनि रहदैँ आएको छ ।

यो मन्दिर देवजु नामक राजाले बनाएको भनिन्छ । राजा हनुमानजीका परम भक्त थिए तर कुष्ठरोगबाट पीडित थिए । राजा देवजुले रतनपुरमा धेरै वर्ष शासन गरेका थिए । हनुमानजीले नै राजालाई मन्दिर बनाउन आदेश दिएको विश्वास गरिन्छ। त्यसपछि मात्र राजाले मन्दिर निर्माण गराएको भनिदैँ आएको छ ।

मानिसहरू भन्छन् कि राजाको सपनामा हनुमानजी पनि देखा परेका थिए र उनलाई महामाया कुण्डबाट मूर्ति हटाएर स्थापना गर्न नारी रूपमा पूजाआजा गर्न आदेश दिएका थिए । त्यसपछि मात्र राजाले मन्दिरमा मूर्ति स्थापना गरेका हुन् भन्ने जनश्रुती रहेको छ ।

Share This:

धेरैलाई नहुने तर घातक लुपस बाथ

महिलाको शरीरमा एस्ट्रोजेन हर्मोन बढी हुने कारण महिलालाई लुपस वाथ हुने सम्भावना पुरुषको तुलनामा ९ गुणा बढी हुन्छ । परिवारमा कसैलाई लुपस वाथ भएमा अरुलाई सो रोग हुने सम्भावना बढी रहन्छ ।

लुपस वाथ पूर्णरुपमा निको पार्न सकिदैन । तर सही पहिचान गरी समयमा चाँडो उपचार शुरु गरेमा सम्बन्धित अङ्ग बचाउन सकिन्छ । लुपसको उपचार लक्षण शुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

लुपस कारण
लुपस अन्य वाथहरुजस्तै एउटा अटोइम्यून रोग हो । यसले तपाईंको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका तन्तु र अंगहरूमा आक्रमण गर्छ ।

जटिलता
लुपस वाथले तपाईंको जोर्नी, छाला, मिर्गौला, रक्त कोशिकाहरू, मस्तिष्क, मुटु र फोक्सोसहित धेरै अंगहरूलाई असर गर्न सक्छ । लुपस वाथ छिप्पिसकेपछि मात्र भित्री अंगलाई असर गर्ने भन्ने होइन ।

यसले कुनै पनि समय भित्रि अंगलाई अक्रमण गर्न सक्छ । कतिपय बिरामी मिर्गौलामा परीक्षणको क्रममा लुपस पहिचान हुनसक्छ । कतिपय बिरामीहरु बारम्बार मुटु र फोक्सोमा पानी जम्ने समस्या लिएर अस्पताल आउँछन् । यसले शरीरका जुनसुकै अंगलाई आक्रान्त पार्न सक्छ ।

संक्रमण – लुपस भएका मानिसलाई संक्रमणको जोखिम धेरै हुन्छ किनभने लुपस रोग र यसको उपचार दुवैले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नसक्छ ।

लक्षण
८० प्रतिशत लुपसका बिरामीलाई जोर्नीको दुखाई र छालामा डाबर आउने लक्षण देखिन्छ । यसका साथै जोर्नी दुख्ने, छालामा डाबर आउने, अनुहारमा पुतली आकारको डाबर आउने, घाममा जाँदा अनुहार रातो हुने, चिलाउने, शरीरमा राता÷निला डाबर आउने, चिसो पानी खेलाउँदा हातको रङ सेतो हुने, मुखमा बारम्बार घाउ आउने, आँखा बारम्बार रातो हुने, पिसावमा प्रोटिन जाने, मिर्गौलामा समस्या देखिने, फोक्सोमा पानी जम्ने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।

निदान
यदि लुपस रोग निदानमा ढिलाइ भएमा राम्रोसँग उपचार नभई शरीरका भित्री अंग जस्तैः मिर्गौला, स्नायु, मुटुलाई खराब बनाएको अवस्थामा बिरामीको मृत्यु हुनसक्छ । मानौ, लुपस नेफ्राइटिसको समयमै उपचार नभएमा विस्तारै मिर्गौला खराब हुँदै मिर्गौला फेल भएर व्यक्तिको मृत्यु हुनसक्छ । यो रोग उपचारको लागि वाथ रोग विशेषज्ञद्धारा लक्षणको आधारमा तथा रगत र अन्य परीक्षणको मद्धतले रोगको अवस्था पहिचान गर्न सकिन्छ । हुन त लुपस निदान गर्न गाह्रो छ किनभने लक्षणहरू व्यक्तिपिच्छे फरक हुन्छन् ।

लुपसका लक्षणहरू समयसँगै भिन्न हुन सक्छन् । लुपस निदान गर्न प्रयोगशाला परीक्षणअन्तर्गत पूर्ण व्लड काउन्ट, मिर्गौला र कलेजो मूल्याङ्कन, पिसाब विश्लेषण (युरिनालिसिस), एन्टिन्यूक्लियर एन्टिबडी (ए एन ए) परीक्षण गर्नुपर्छ । यसैगरी लुपसले पार्नसक्ने असरको जानकारी लिन छातीको एक्स–रे, इकोकार्डियोग्राम, बायोप्सी गर्नुपर्छ ।

उपचार पद्धति
लुपस वाथको उपचार व्यक्तिअनुसार उपचार फरक फरक हुनसक्छ । यसले कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन । त्यसैले जुन अंगलाई असर गरेको छ सोही अनुसार उपचार गर्नुपर्छ । यस रोगमा प्रायजसो बिरामीलाई हाइड्रोक्सीक्लोरोक्विन
वा क्लोरोक्विन नामक औषधि प्रयोग गरिन्छ । लुपस वाथका बिरामीहरु जसको मुटु, कलेजो, मिर्गौला र नसाहरुमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिकोइड्स र अन्य ईम्युन सप्रेसिभ औषधिहरु अजाथियोप्राइन, माइकोफेनोलेट मोफोटिल, साइक्लोफोस्फामाइड, रितुक्सिमब आदि औषधिद्वारा उपचार गर्नुपर्छ ।

सुझाव
लुपस रोग लक्षण देखिएपछि मात्र परीक्षण गराउनुपर्छ । लुपसको उपचार अंग संलग्नताको आधारमा गर्नुपर्छ । जोर्नी दुखाई, छालामा डाबर आउने, अत्यधिक कपाल झर्नेमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्छ । लक्षण नभएका स्वस्थ व्यक्तिले लुपस वाथ परीक्षण गराउनुपर्दैन । जोर्नी दुख्यो भने पहिलो दिनमै आउनुस् , कुरेर नबस्नुस् ।

सन्तुलित भोजन
लुपस वाथका बिरामीले कुनै प्रकारको विशेष भोजन खान जरुरी छैन । तर सन्तुलित भोजनका लागि निम्न कुराहरुमा ध्यान दिन अनिवार्य हुन्छ । बिरामीले चिल्लो कम भएको खाना, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थोरै मात्रामा माछामासु खानुपर्दछ । नुन कम मात्रामा खानुपर्छ । कोलेस्टेरोल पनि भएका बिरामीले कम चिल्लो पदार्थ भएको खाना खानुपर्छ । क्याल्सियम र भिटामिन डी, स्टोराईड औषधि खाने बिरामीमा दिनुपर्दछ ।

बिरामीले ध्यान दिनुपर्ने कुराहरु

यो रोग लागेका बिरामी घामको किरणबाट बच्नुपर्दछ । यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम ३० भन्दा बढी एसपिएफको क्रिम लगाउने र घाम छेक्ने गरी लुगा लगाउनुपर्छ । बिरामीले सक्रिय जीवनका लागि नियमित व्यायाम गर्नुपर्दछ । यो रोग लागेको व्यक्तिलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्दछ ।

यो रोग लागेका गर्भवती महिलामा गर्भपतन हुने सम्भावना बढ्छ । शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपतन हुने बढी जोखिम हुन्छ । गर्भवती हुनुअघि चिकित्सको सल्लाह लिनुपर्दछ । लुपस वाथ नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ । गर्भवती अवस्थामा नियमित जाँच गराइरहनुपर्दछ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्दछ ।

नियमित जाँचको समय व्यक्ति अनुसार फरक पर्दछ । रोग साधारण भएमा डाक्टरलाइ तीनदेखि ६ महिनामा भेट्नुपर्दछ । रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनुपर्दछ ।

Share This:

सम्बन्धमा विश्वास निर्माण गर्न शीर्ष सुझावहरू

  • विश्वासको योग्य हुनुहोस्
  • त्रुटिहरूको लागि जिम्मेवारी लिनुहोस्
  • खाली वाचा नगर्नुहोस्
  • आफ्नो आत्म–विश्वास निर्माण गर्नुहोस्
  • सञ्चार बनाईराख्नुहोस्

Share This:

शरीर फिट राख्न के गर्ने ?

  • लक्ष्य निर्धारण गर्नुस्
  • योजना बनाउनुस्
  • सहज कपडाको चयन गर्नुहोस्
  • पर्याप्त आराम लिनुहोस्
  • प्रशस्तै पानी पिउनुस्
  • खानपान ध्यान दिनुहोस्

Share This:

आत्मबल उच्च कसरी बनाउने ?

  • सकारात्मक सोच राखौ
  • भित्रि डर भगाऔं
  • बस्तु, बिषय र घटनालाई हेर्ने दृष्टिकोण बदलौं
  • राम्रो तयारी र काममा विश्वास गरौँ
  • मस्तिष्कबाट सोच्ने गरौँ
  • योग, ध्यान र प्राणायम गरौँ

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com