- फरहान अख्तरले ‘डन ३’ घोषणा गरेदेखि नै यो फिल्म चर्चामा छ । शाहरुख खानको स्थानमा रणवीर सिंह र प्रियंका चोपडाको स्थानमा कियारा आडवाणीलाई कास्ट गरिएको छ ।
- कियाराले यो फिल्मबाट मोटो रकम पारिश्रमिक लिएको भनिएको छ । यसले धेरैलाई छक्का पार्न सक्छ । फिल्ममा उनी शीर्ष भूमिकामा देखिनेछिन् । यसअघि कृति सेननलाई कास्ट गर्ने खबर थियो ।
- कृति र कियारा दुवैलाई लिड-फिमेलका लागि सर्टलिस्टमा राखिएको थियो । रणवीर भने कियारालाई कास्ट गर्न उत्साहित थिए । फिल्ममा यी दुवै जना अपोजिट भूमिकामा देखिनेछन् । कियाराले ‘जंगली बिल्ली’को रोल गर्नेछिन् ।
- बलिउड हंगामाको रिपोर्टअनुसार आडवाणीले यो फिल्मका करिअरकै धेरै पारिश्रमिक लिएकी छन् । उनले १३ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । उनको अभिनय करिअरमा यो उच्च पारिश्रमिक हो । फिल्ममा उनी प्रशस्तै एक्सन दृश्यमा देखिनेछिन् ।
- डन ३’ सन् २०२५ मा रिलिज हुनेछ । छायांकन सोही वर्ष हुने अपेक्षा छ । यो फिल्मलाई दर्शकले लामो समयदेखि पर्खिरहेका छन् । दर्शकले शाहरुखको आशा राखेपनि त्यो सम्भव भएन ।
‘डन ३’ मा कियाराको पारिश्रमिक करिअरकै उच्च