१.आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिण्डर र चुल्हो बालबालिकाहरुबाट टाढै राखौँ, होसियारीपूर्वक प्रयोग गरौँ र काम सकिएपछि सुरक्षितसाथ राखौँ ।
२.विद्युतजन्य सामाग्रीहरू (हिटर, गिजर, पङ्खा, आइरन, एसि आदि) लाई काम सकिएपछि बन्द गर्ने गरौँ ।
३.एउटै पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगरौँ ।
४.घरमा Fire Extinguisher राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाऔं ।
५. पूजा कोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्ने जस्ता कार्य नगरौं ।
६.आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कने गरौँ ।
७.ग्यास सिलिण्डरमा आगोलागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोपौँ।
८.ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए नभएको यकिन गरी मात्र बाल्ने ।
आगोबाट बाच्ने उपाय
