रंग तथा हर्साेल्लासको पर्व ‘हाली’

हाम्रो देश नेपालमा विभिन्न किसिमका चाड पर्वहरु मनाउने चलन छ । प्रत्येक चाड पर्वले पछिल्ला परम्परागत लोकमान्यता तथा कल्याणकारी संदेश प्रवाहित गर्छ । तीनै चाडपर्वहरु मध्ये एक होली अर्थात फागुपूर्णिमा पनि हो । होलीको आगमन बसन्त ऋतुको सुवास फैलिने छ । यो पर्व शिशिर ऋतुको समाप्ति र ग्रीष्म ऋतुको आगमनको प्रतिक हो । यस बेलाको मौसमले मानिसको मनलाई प्रफुल्ति र आनन्दित तुल्याउँछ । यो पर्व बसन्त तथा प्रेम प्रणयको पर्व हो तथा धर्मको अधर्मको माथि विजयको प्रतिक हो

                  पौराणीक कथा
                                होलीको पर्वसँग थुप्रै किम्बदन्तीहरु गाँसिएको छ । एउटा प्रचलित कथा अनुसार भगवान् विष्णुको भक्त प्रल्हादका पिता हिरण्यकश्यप राक्षस थिए । उनलाई छोराकोभक्ति मन परेको थिएन र उनले आफ्नी बहिनी हालिकालाई प्रल्हादलाई मार्ने आज्ञा दिए । हालिकालाईं आगोले जलाउन नसक्ने वरदान प्राप्त थियो । त्यसैले उनले भक्त प्रल्हादलाई काखमा राखी आगोमा बसिन् । तर उनी आफै खरानी भइन् र प्रल्हाद जिवित नै रहे । त्यसपछि विष्णुले नरसिंह अवतार लिई हिरण्यकश्यपको वध गरे । त्यस बेला देखि नै होली पर्व मनाइने परम्परा रहयो । 

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com