दिनभरी पढेर थाकेको एउटा विधार्थी आफ्नो गुरुलाई भेट्न गयो । उ आफ्नो गुरुसँगै उनको घरमा बसेर शान्त भइ सोचीरहेको थियो । बाहिर निकै जाडो भएकोले ओदानमा दाउरा बलीरहेको थियो र गुरु बारम्बार दाउरा घोची रहेको थिए । त्यसैबेला विधार्थी अचानक सोध्यो म हैरान छु कि तपाईले यो सब कसरी गर्नु भयो ? गुरुले सोधे, किन र ? के भयो ? मैले बुझ्नै सकिन कि तपाई भित्र यति धेरै प्रेरणा कहाँ बाट आउँछ र तपाईले यतिका वर्ष देखि मानिसहरुलाई कसरी प्रेरित गरी रहनु भएको छ ?
म त अहिले नै हतास भएको छु र म भित्र अलिकति पनि उत्साह छैन । शिक्षकले विधार्थीसँग हाँस्दै भने के तिमी त्यो बलिरहेको मैनबती निभाउन सक्छौ ? विधार्थीले तुरुन्तै फुकेर त्यो मैनबती निभायो । धेरै राम्रो अब यो आगो पनि त्यसै गरी फुकेर निभाउ ? शिक्षकले भने विधार्थीले भन्यो तपाई कस्तो कुरा गर्दैहुनुहुनछ म कहाँ फुकेर आगो निभाउन सक्छु । शिक्षकले भने जब तिमीमा प्रेरणा मैनबती ज्योति जति मात्र हुन्छ, त्यसबेला त्यसलाई निभाउन निकै सजिलो छ तर जब तिमी भित्र प्रेरणा यो आगो जस्तै बलिरहेको हुनेछ , तब यसलाई निभाउन गार्हो हुनेछ । त्यसैले आन्तरिक प्रेरणामा वृद्धि गर्ने प्रयास निरन्तर गरीरहनु पर्छ ।