एक पटक दार्शनिक सुकरातले एक जना वृद्ध व्यक्तिलाई भेटे । ति वृद्धले उनलाई आफ्नो घरमा लिएर गए । उनको घरमा सबै सदस्यहरु मिलेर बसेका थिए । त्यो देखेर सुकरातलाई निकै खुल्दुली भयो । उनले वृद्धसँग उनको सुखी परिवारको रहस्य सोधे । वृद्धले भने ‘अब म केही गर्दिन, भगवानको कृपाले हाम्रो व्यवसाय राम्रै सँग चलीरहेको छ । मैले सबै कारोबार छोरालाई जिम्मा लगाई सके घर बुहारीहरुले चलाँउछन् । यसरी नै जीवन बिति रहेको छ ।’
सुकरातले फेरी भने ‘तर तपाई केही त गर्नुपर्छ होला नि ’ सुकरातको प्रश्न सुनेर वृद्ध मुस्कुराए र भने ‘मैले जीवनको यो मोडमा एउटै मत्र अपनाएको छु कि अरुको धेरै आशा गर्नुहुदैन । जे प्राप्त हुन्छ, त्यसैमा संतुष्ट हुनुपर्छ । म र मेरी श्रीमती आफ्नो पारिवारीक उत्तरदायित्व आफ्ना छोरा बुहारीलाई सुम्पेर संतुष्ट छौ । उनीहरुले जे अराउँछन् म गर्छु, उनीहरुले जे खान दिन्छन् म त्यही खान्छु , आफ्ना नाता नातिनीहरुसँग खेल्छु । छोराहरुले कुनै गल्ति गर्दा म चुप लागी रहन्छु ।
जब उनीहरु म सँग सल्लाह माग्छन् , म आफ्नो जीवनको अनुभव उनीहरुलाई सुनाउँछु । उनीहरुले मेरो सल्लाह कति मान्छन् , त्यो हेर्दिन । यदि उनीहरु फेरी म सँग, सल्लाह माग्न आउँछन् भने सल्लाह दिन्छु ।वृद्धको कुरा सुनेर सुकारातलाई निकै चित्त बुझ्यो ।