- २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् ।
- विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथि छ । यो समूहले करिब २ महिनाकै अवधिमा २४ करोडको अनलाइन जुवा खेलाएको पाइएको एसपी बोगटीले बताए ।
- पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको जुवा तथा सट्टे बाजी खेल्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
२ महिनामै २४ करोडको अनलाइन जुवा