दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधी कम्पनीमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।
ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे बम विस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको छ ।