स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् ।
जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् ।