रोचक तथ्य (मानिसलाई माया गर्ने ‘डल्फिन’)

पानीमा बस्ने प्राणी डल्फिन हेर्दा त माछा जस्तै देखिन्छ तर वास्तवमा यो माछा होइन । यो एक स्तनधारी प्राणी हो , जसले आफ्नो बच्चालाई दूध खुवाउँछ । यसको माछाको जस्तो श्वास फेर्ने गिल्स हुँदैन । यसको फोक्सो हुन्छ । माछा जस्तै देखिने डल्फिनको छाला नरम र रबर जस्तै लचिलो हुन्छ, जसको मूनि मोटो बोसोको तह हुन्छ । यहि बोसोले नै जाडो मौसममा डल्फिनलाई बचाउँछ । भोक लाग्दा त्यो बोसोले खाजाको काम गर्नुका साथै हलुका हुनाले पानीमा तैरिन पनि मद्दत गर्छ । डल्फिनको शरिरमा अघिल्लो भागमा दूईवटा प्याडल जस्तै पखेटा हुन्छन् तर त्यो माछाको जस्तो हुँदैन । यसलाई डल्फिनको हात भन्न सकिन्छ । डल्फिनको पूच्छर निकै बलियो हुन्छ ।
समुन्द्र तथा नदीका डल्फिनहरु
बसोबासका आधारमा डल्फिनलाई दूई भागमा विभाजन गरिएको छ । समुन्द्री डल्फिन र नदीको डल्फिन । संसारमा धेरै डल्फिनहरु समुन्द्रमा नै पाइन्छ । भारतको गंगा नदीमा पनि डल्फिन पाइन्छ । त्यसलाई प्लेटनिस्टा गंगेटिका भनिन्छ । जुन एक सुन्दर डल्फिन हो ।
डल्फिन डायनोसर भन्दा पनि ठूलो आकारको प्राणी व्हेल परिवारको सदस्य हो तर यसको लम्बाई ९० से.मी. देखि १ मिटर सम्म हुन्छ । डल्फिनको तौल लगभग ४५ किलो देखि ९ मेट्रिक टन सम्म हुन्छ । डल्फिनका विभिन्न किसिमहरु मध्ये दूईवटा प्रशिद्ध छ । बोतल जस्तै नाक भएको र साधारण डल्फिनको फोटो हेर्दा हाँसीरहेको जस्तो देखिन्छ । त्यसैले यसलाई हँसिलो डल्फिन पनि भनिन्छ । प्रायःजसो चिडियाखाना, तलाउहरुमा यहि डल्फिन राखिन्छ । यो डल्फिन ३.५ मीटर सम्म लामो र लगभग ११५ किलो सम्मको हुन्छ । यस डल्फिनको माथिल्लो भाग कालो र तल तल फिका हुँदै जान्छ । यसको पेटको रंग सेतो हुन्छ । यसको पखेटा छोटो र कालो हुन्छ । एउटा कालो रंगको धर्का यसको मुखबाट पूच्छर सम्म हुन्छ । आँखाको वरिपरि कालो दाग हुन्छ । यस डल्फिनको मुखमा १५० वटा दाँत हुन्छ । यो डल्फिन प्रशान्त महासागर, हिन्द महासागर र एट्लांटिक महासागरको गर्मी क्षेत्रमा पाइन्छ । यो डल्फिन गहिरो पानीमा रहन मन पराउँछ र २० देखि ५० को समूहमा रहेर माछाको शिकार गर्छ । यो डल्फिन २६–३० डिग्री सेल्सियसको तापक्रममा रहन मन पराउँछ । यसको पौडिने गति २० मील प्रतिघण्टा हुन्छ । यो डल्फिनले एकपटकमा एउटा बच्चा जन्माउँछ । बच्चा डल्फिन जन्मेको समयमा ९० से.मी. –१२० से.मी. लामो हुन्छ । यो डल्फिन नाउँ तथा जहाजको पछि पछि हिड्छ, जसले मानिसको साथी हो भन्ने प्रमाण दिन्छ ।
साधारण डल्फिन
साधारण डल्फिनको पनि संसार भरमा विभिन्न प्रकार पाइन्छ । रंग, बनावट, लम्बाई र थुतुनोको आकारको आधारमा यिनीहरुको विभिन्न प्रजाती छन् । यस डल्फिनको लम्बाई २.७ मीटर देखि ७ मीटर सम्म हुन्छ । यसको हरेक पखेटामा चिन्ह हुन्छ र तिनकुने आकारको हुन्छ । यस डल्फिनको मुखमा २०० वटा दाँत हुन्छ । यो डल्फिन १० देखि लिएर १०० तथा १०००को समूहमा पनि रहन्छ । यो डल्फिन घुम्न शौकिन हुन्छ । एटलांटिक महासागरको डल्फिन भूमध्य सागर देखि अमेरिकाको सागर सम्म पुग्छ । २५ मील प्रतिघण्टाको गतिले पौडिने यो डल्फिन पनि पानी जहाजहरुको पछि पछि हिड्छ । अन्य घरपालुवा जनावर जस्तै यो डल्फिनले पनि मानिसलाई माया गर्छ । यसले पनि एकपटकमा एउटा बच्चा जन्माउँछ र यसको बच्चाको लम्बाई एक देखि डेढ मीटर हुन्छ । यो डल्फिन वयस्क हुन ३४ वर्ष लाग्छ । डल्फिन २५–३० वर्ष सम्म बाँच्छ । यस डल्फिनले पनि धेरै जसो माछाहरुको शिकार गर्छ ।
डल्फिनको श्वासप्रश्वास प्रकृया फोक्सोबाट हुने भएकोले डल्फिन श्वास फेर्न बारम्बार पानीबाट बाहिर आउँछ । ओरका नामक डल्फिन श्वास फेर्न बाहिर आउँदा डेढ मीटर माथि र १३ मीटर लामो फड्को मार्छ । डल्फिनको सुन्ने शक्ति धेरै राम्रो हुन्छ । डल्फिनको छाला संवेदनशिल हुन्छ । हलुका स्पर्शले पनि यो चंख हुन्छ । डल्फिन कुकुर, चिम्पांजी जस्तै चलाख हुन्छ । डल्फिन कैयौ पटकमा ३०–३० सेकेण्ड मात्र सुत्छ । सागरहरुमा मानिसको गतिविधि बढेका कारण डल्फिन पनि प्रभावित भइरहेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com