हिटस्ट्रोक कसरी हुन्छ ?

  • हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ ।
  • शरीरको तापक्रम एक्कासी बढ्ने, पसिना ननिस्कने हुन्छ । जसकारण शरीर चिसो हुन सक्दैन र शरीरको तापक्रम बढ्दै गएर हिट-स्ट्रोक हुन्छ ।
  • हिट-स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जोकोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ । त्यस्तै लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि हिट-स्ट्रोक हुनसक्छ ।
  • त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या (मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या), शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई हुनसक्छ । साथै गर्मीयाममा आवश्यकता भन्दा बढी लुगा लगाउँदा पनि हिट-स्ट्रोक हुनसक्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com