महान् दार्शनिक सुकरात सँग एकपटक एउटा व्यक्तिले सोधे ‘तपाँईलाई गुरु को ?’ सुकरातले हाँस्दै भने ‘ तिमी मेरो गुरुका बारेमा जान्न चाहन्छौ भने सुन, यस संसारमा जति पनि मूर्ख छन् । ती सबै मेरो गुरु हुन् । उक्त व्यक्तिलाई सुकरातले जिस्काए जस्तो लाग्यो । उनले फेरी उक्त प्रश्न दोहोर्याए र निवेदन गरे कि साँचो उत्तर दिउन् । तर सुकरातले त्यही जवाफ दिए । ति व्यक्तिले भने ‘ मूर्ख तँपाईको गुरु कसरी हुन सक्छ ?’ सुकरातले सम्झाउदै भने ‘म यो कुरा हेर्ने प्रयास गर्छु कि उ के कारणले मूर्ख बनिदैछ । यदि त्यो अवगुण ममा पनि छ भने म उसबाट शिक्षा लिई आफ्नो ती अवगुणलाई हटाउँछु । जसबाट म मूर्ख बन्नबाट बच्छु । यसप्रकार मैले जुन ज्ञान प्राप्त गरे , मूर्ख बाट शिक्षा लिए । यदि कोही मूर्ख हुदैनथ्यो भने मैले आफूलाई सच्याउने मौका पाउने थिइन । अब भन मूर्ख नै मेरो वास्तविकता गुरु हो कि होइन ? उक्त जवाफ सुनेर त्यो व्यक्ति संतुष्ट भयो र आफूलाई पनि त्यसैमा ढाल्ने संकल्प गर्यो ।