रोचक तथ्य (नाइजेरिय एक त्यस्तो देश )

नाइजेरियाको इग्बो–ओरा सहरलाई जुम्ल्याहाहरूको राजधानी वा ट्विन टाउन भनेर चिनिन्छ, किनभने संसारमा सबैभन्दा बढी जुम्ल्याहाहरू यहाँ जन्मिएका छन्। औसतमा, प्रत्येक १००० बच्चाहरु मा १५८ जुम्ल्याहा छन्।
नाइजेरियाको फिल्म उद्योगलाई नोलिउड भनेर चिनिन्छ। विश्वमा सबैभन्दा धेरै चलचित्र निर्माण गर्ने हिसाबले यो दोस्रो स्थानमा छ । भारतको फिल्म उद्योग ‘बलिउड’ पहिलो स्थानमा छ । नोलिउडमा हरेक हप्ता कम्तिमा ५० वटा चलचित्र निर्माण हुन्छन् ।
‘जोस प्लेटाउ इन्डिगोबर्ड’ नामक चराको प्रजाति नाइजेरियामा मात्र पाइन्छ। यसबाहेक, दुर्लभ प्रजातिका दुई जनावरहरू, ड्रिल बाँदर र तल्लो भूमि गुरिल्ला, नाइजेरिया बाहेक संसारमा कतै पाइँदैन।
तपाईलाई यो थाहा पाउँदा छक्क पर्नु हुनेछ कि विश्वमा बोलिने कुल भाषाहरूमध्ये ५०० भाषाहरू नाइजेरियामा मात्र बोलिन्छन्। ताराबा राज्यमा मात्र मानिसहरूले धेरै भाषाहरू बोल्छन्। यद्यपि, नाइजेरियाका अधिकांश मानिसहरू अझै पनि अंग्रेजी बोल्छन्।
इडो राज्य, नाइजेरियामा अवस्थित द वाल अफ बेनिन संसारको सबैभन्दा पुरानो निर्माण कार्यहरू मध्ये एक हो। केही अन्वेषकहरूले बेनिनको पर्खालहरू तेह्रौं र मध्य पन्ध्रौं शताब्दीको बीचमा निर्माण भएको अनुमान गरेका छन्। यद्यपि, बेनिनको पर्खाल कहिले बनाइएको थियो भन्ने कुरा अझै स्पष्ट छैन।
विश्वको सबैभन्दा ठूलो चर्च अडिटोरियम ‘विनर्स चैपल चर्च’ नाइजेरियामा नै छ, जसमा एकैपटक ५० हजार मानिसको बस्ने व्यवस्था छ । यति मात्र होइन, विश्वका ६५ देशमा यस चर्चको शाखा पनि छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com