प्रेरक कथा (ज्ञानको सदुपयोग)

एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे–‘के तिमीले ब्याकरण पढेका छौ ?’ बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । उसले भन्यो – ‘पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।’ पण्डितले दुख व्यक्त गर्दै भने – ‘हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई ! तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो ।’ पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् ।
संयोगबस् त्यही बेला ठूलो आँधी आयो । डुङ्गा तल माथि हुन थाल्यो । डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो–पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ?
उनले भो –‘अहँ, पौडि खेल्न त मलाई आउँदैन् ।’ डुङ्गा चालकले भने–‘पण्डितजी महााराज, तब त हजूरको पूरा जीन्दगी नै बर्बाद भईहाल्यो । डुङ्गा भुमरीमा फसी सक्यो । अब एक छिनमै डुब्रे अवस्थामा छ । ‘आफ्नो कला, विज्ञतामा कसैले पनि अभिमान गर्नु हुँदैन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com